२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रधानमन्त्री बनेर देशको सेवा गर्ने मन छः विप्लव


सञ्चार डबली
  • सोमबार, पुस ७ २०८२
  • 4.6K
    SHARES

  • images
    प्रधानमन्त्री बनेर देशको सेवा गर्ने मन छः विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री भई देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन् । शनिबार (पुस ५) काठमाडौंमा आयोजित ‘जेनजी’सँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    आउँदो निर्वाचनमा नेकपा माओवादी (विप्लवको पार्टी)ले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना रहेको उनले उल्लेख गरे । तर, तोकिएकै समय (फागुन २१)मा निर्वाचन हुनेमा उनले आशंका व्यक्त गरे । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने भन्ने कसैले नपत्याएको उनको भनाइ थियो ।

    प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनका निम्ति आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्धारित मितिमा चुनाव हुनेमा शंका व्यक्त गरे ।

    उनले सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनले धारणा राखे ।

    उनले जेनजीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताए ।

    कार्यक्रममा विप्लवको भनाइ पढ्नोस्:

    नेपालमा चुनाव हुन्छ कि हुन्न, एउटा शंका छ सबैलाई । सुशीला कार्कीको सरकारको चुनावको कुरा पनि मान्छेले पत्याइरहेका छैनन् । पुलिसहरूको हतियार कति लुटियो भन्दाखेरि लगभग १६ सय हतियार लुटियो भन्ने छ । त्यो १६ सय हतियारहरू फिर्ता भएको छैन । प्रहरी साथीहरूसँग भेट हुँदा के भन्नुहुन्छ भने, चुनाव गर्न सक्ने गरी प्रहरीको मनोबल उठेको छैन । प्रहरीहरूलाई कुटीकुटी मारियो, प्रहरीलाई कुटेर मार्दाखेरि पनि मान्छेहरू कसैले वास्ता गरेनन्, यो कुरा आइरहेको छ । कर्मचारीहरूमा मनोबल छैन । पैसा छैन आदि इत्यादि धेरै कुराहरूले गर्दाखेरि देश शान्तितिर, परिवर्तनतिर नजाने हो कि भन्ने चिन्ता अहिले व्यापक रूपमा उठिरहेको छ । त्यसैले हाम्रो पार्टीले के भनेको छ भने, नयाँ अन्तरिम सर्वपक्षीय सरकार बनाएर जेनजीका मागहरू सम्बोधन गरेर अनि सम्भव हुन्छ भने नेपालमा एकचोटि प्रत्यक्ष चुनावबाट राष्ट्रपति चुन्ने या सबै जनताको भोटबाट प्रधानमन्त्री चुन्ने व्यवस्थातिर जानुपर्छ भन्ने जेनजीको पनि माग हो, हाम्रो पार्टीको पनि माग हो । योपटक हुने चुनावमा नेकपा (माओवादी) पनि भिड्नेछ, त्यसमा तपाईंहरूको पुस्तालाई पनि सहभागी गराउने हाम्रो चाहना छ । या चुनावमा सँगै जाने, देशभर जाने । हामीले जनतालाई अपिल गर्नेछौँ । यो देशलाई राम्रो बनाउने हाम्रो सपना छ । हामीले बन्दुक पनि बोक्यौँ, जेल पनि गयौँ, किताब पनि पढ्यौँ । अहिले नयाँ उद्योगधन्दा पनि चलाउँछौँ, काम गर्छौं । यदि, नेपालका किसान, मजदुर, बद्धिजीवी, व्यापारी, मध्यमवर्गले, सहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने, तिमीहरू एकचोटि गरेर देखाऊ न भनेर तपाईंहरूले जिम्मा दिनुहुन्छ भने एकचोटि यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरुजस्तो जोतेर देशको सेवा गर्ने चाहना पनि नेकपा (माओवादी)को छ, यो हामी गर्छौं ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend