२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रोटोन इमासको काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर


सञ्चार डबली
  • बुधबार, पुस २ २०८२
  • 4.9K
    SHARES

  • images
    प्रोटोन इमासको काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर

    काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौ र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसअनुसार काठमाडौं र चितवनमा ६, ७ र ८ पुसमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुनेछ ।

    काठमाडौं उपत्यकामा यो कार्यक्रम संस्कार फाइन डाइन एन्ड इभेन्ट्स, ललितपुरमा हुनेछ भने चितवनमा चितवनको मिलनचोकस्थित शोरुममै आयोजना हुनेछ ।

    तीन दिन सञ्चालन हुने सो कार्यक्रममा आफूसँग रहेको सवारीसाधन एक्सचेन्ज गरेर नयाँ सवारी लिन सकिने कम्पनीले जनाएको छ । प्रोटोन इमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मूल्य ४६.९९ लाखबाट सुरु हुनेछ ।

    प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमि ग्राउन्ड क्लिरेन्स तथा एनईडीसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१५ मिमि रहेको कम्पनीले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend