२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेको चाहना पूरा हुने छैन : बर्तौला


सञ्चार डबली
  • बुधबार, पुस २ २०८२
  • 3.9K
    SHARES

  • images
    एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेको चाहना पूरा हुने छैन : बर्तौला

    काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले स्वच्छ प्रतिस्पर्धा एमालेले स्विकारेको विधि भएको बताएका छन् । 

    बुधबार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अहिले पनि जनताको प्रिय पार्टी भएको बताए । 

    आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जानसक्ने सामथ्र्य एमालेले मात्रै राख्ने उनको भनाइ थियो ।

    मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम एमालेले गर्ने बताए । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी महाधिवेशनबाट आफूहरु एकताबद्ध हुने उल्लेख गरे ।

    “एमाले जनताको प्रिय पार्टी हो । आजको कठिन राजनीतिक परिस्थितिमा निकास दिएर जान सक्ने सामथ्र्य एमालेले राख्नुपर्छ । यस प्रकारको नेतृत्व यो महाधिवेशनबाट आउनेछ । मुलुकलाई संवैधानिक र लोकतान्त्रिक मार्गबाट अघि बढाउने काम गर्नेछ । राजनीतिक स्थायित्वतर्फ लैजाने कार्यभार पूरा गर्नेगरी हामी यो महाधिवेशनबाट एकताबद्ध हुनेछौँ ।”

    “प्रतिक्रियावादी शक्तिहरूले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहन्छन्, तथापि हामी देशहितको पक्षमा उभिएका छौँ,” उनले थपे । 

    नेता बर्तौलाले एमाले फुटोस् र एमालेबाट मान्छे आएपछि पार्टी बनाउँछु भन्दै हिँडेकाहरूको चाहना कहिल्यै पूरा नहुने बताए । —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend