२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

योगेश भट्टराईको प्रश्न: एउटै व्यक्तिले कति पटक नेतृत्वमा दाबी गर्ने ?


सञ्चार डबली
  • मंगलबार, पुस १ २०८२
  • 3.9K
    SHARES

  • images
    योगेश भट्टराईको प्रश्न: एउटै व्यक्तिले कति पटक नेतृत्वमा दाबी गर्ने ?

    काठमाडौं । नेकपा एमालेको ११‍‍औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी केपी शर्मा ओलीतर्फ लक्षित गर्दै एउटै व्यक्तिले कति पटक नेतृत्वमा दाबी गर्ने भन्दै प्रश्न उठाएका छन्।

    महाधिवेशनका क्रममा पत्रकार सम्मेलन गर्दै भट्टराईले अध्यक्ष ओलीले विधानतः तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएको देखिए पनि व्यवहारतः यो उनको चौथो पटकको प्रयास भएको टिप्पणी गरे। 

    उनले भने, ‘हाम्रो प्रश्न यही हो- एउटा नेताले, एउटा व्यक्तिले कति पटक एउटै पदमा उम्मेदवारी दरखास्त दिने ?’

    भट्टराईले पार्टीभित्र दुई कार्यकालको प्रणालीलाई पुनर्स्थापित गर्न खोजिए पनि अहिले सम्भव नभएको बताउँदै भविष्यमा एमाले सोही बाटोमा जानुपर्नेमा जोड दिए।

    महाधिवेशनमा अध्यक्ष ओली पक्षबाट बाँडिएको सूचीतर्फ संकेत गर्दै भट्टराईले मुख्य नेतृत्वबाटै समूहबन्दी भएपछि अब गुटबन्दी गर्न नपाइने भन्ने नैतिक बन्धन सकिएको बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend