२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

झलकमान लोक संगीत सम्मान २०७९ गायक बद्री पंगेनीलाई


सञ्चार डबली
  • मंगलबार, वैशाख ५ २०८०
  • 11.9K
    SHARES

  • झलकमान लोक संगीत सम्मान २०७९ गायक बद्री पंगेनीलाई

     

    काठमाडौं, बैशाख ५ गते ।  गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । बिन्ध्यबासिनी म्युजिक अवार्ड को १३औं संस्करण समारोहका बीच २५ हजार नगदसहित बिन्ध्यवासिनी फाउन्डेसनले यो सम्मान गर्न लागेको हो ।
     
    लाईफ टाईम अचिभमेन्ट अवार्ड, संगीत साधना सम्मान, प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारिता सम्मानका अतिरिक्त यो वर्षबाट झलकमान लोक संगीत सम्मानको विधा थप भएको आयोजक संस्थाले जनाएको छ । 

     नेपाली सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्पराको थालनी बिन्ध्यवासिनी म्युजिकले गरेको छ । बिन्ध्यवासिनी म्युजिक अवार्डको १३ औ संस्करण २२ वैशाखमा हुने फाउन्डेसनले जनाएको छ ।
     

  • सम्बन्धित विषय:

  • # गायक बद्री पंगेनी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend