२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाखमाथि, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 3.4K
    SHARES

  • images
    विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाखमाथि, नेपालमा पनि शीर्ष ह्याचब्याकको रूपमा स्थापित

    काठमाडौं । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक ईभी बन्न सफल भएको छ।

    नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको छ, सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ, हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौँ”, कम्पनीले भनेको छ । 

    कम्पनीका अनुसार विवाईडीले २०२६ का लागि नयाँ संस्करणको डल्फिन परीक्षण सुरु गरिसकेको छ । जुन हाल चीनमा विकास परीक्षणको चरणमा देखिएको छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार डिजाइन र ड्राइभिङमा महत्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ । 

    विश्वव्यापी रुपमा मात्रै विवाईडी डल्फिनको बिक्री नेपालमा पनि उल्लेख्य मात्रामा भइरहेको कम्पनीको भनाइ छ । साइमेक्स इंक प्रालिले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो । डल्फिन नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमा पहिलो स्थानमा छ । हाल नेपालका सडकमा २५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् ।

    नेपालमा ह्याचब्याक सेग्मेन्टको बिक्री घट्दो अवस्थामा हुँदाहुँदै पनि, डल्फिनको आगमनले उपभोक्ताहरूको रुचि फेरि जागृत गर्‍यो–उत्कृष्ट सेफ्टी, इन्टेलिजेन्ट फिचरहरू, र अपूर्व मूल्य प्रदान गरेको छ। नेपाली बजारमा डल्फिन सुरक्षित र स्मार्ट पारिवारिक कारका रुपमा स्थापित छ । विवाईडीको ई–प्लेटर्म ३.० मा आधारित यो गाडीमा ७८.२ प्रतिशत उच्च–शक्ति हाइ स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ । यसले नेपाली सडकहरूको विविध परिस्थितिमा समेत यात्रु सुरक्षामा विशेष ध्यान दिने कम्पनीको भनाइ छ ।

    डल्फिनमा १२।८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी र २७०० मिमी ह्विलबेससहित प्रशस्त क्याबिन स्पेसको सुविधा छ । यसका अतिरिक्त, विवाईडी डल्फिनमा लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टम (एडिएएस) को सुविधा पनि छ । जसमा क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर असिस्टेन्स लगायत अन्य फीचर छन्। 

    नेपालमा सवारी साधनमध्ये ह्याचब्याक सेग्मेन्टमा विवाईडी डल्फिनले पुनः एकपटक बजार बढाएको उल्लेख गर्दै कम्पनीले यो सेग्मेन्टमा विवाईडी डल्फिनको प्रविधि, मूल्य र डिजाइन सबै दृष्टिले उपयुक्त भएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend