२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश, ई–पोलिसी लोनको सुरुवात


सञ्चार डबली
  • सोमबार, मंसिर २९ २०८२
  • 3.9K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश, ई–पोलिसी लोनको सुरुवात

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

    वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन पाइने सेवा ‘ई–पोलिसी लोन’ सुरुवात गरेको छ । कम्पनीका सञ्चालकहरु श्री विरेन्द्र जंग पाण्डे ज्यू, श्री सम्झना अर्याल ज्यू, श्री सुसन शेरचन ज्यू, श्री शम्सेर पराजुली ज्यू र श्री भावना बलायर ज्यू, प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईं ज्यू तथा कम्पनीका ब्रान्ड एम्बेसेडर श्री मनोज गजुरेल ज्यूले संयुक्त रुपमा ‘ई–पोलिसी लोन’ शुभारम्भ गर्नुभएको हो ।

    Prabhu Ma.jpg
    undefined

    उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रसाईले ‘ई–पोलिसी लोन’ ‘डिजिटल रुपान्तरणको पाइला’का रुपमा कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधि अपनाएर अगाडि बढाएको बताउनु भयो । उहाँले जुनसुकै स्थानबाट सहज सेवा प्रवाह गर्न ‘ई–पोलिसी लोन’ ल्याइएको स्पष्ट पार्नुभयो ।

    ‘ई–पोलिसी लोन’ सेवा लिनका लागि बीमालेख कम्तीमा ३ वर्ष पूरा भएर ३ वर्षको बीमाशुल्क तिरेको र बीमालेख चालु रहेको हुनुपर्नेछ भने केवाईसी तथा बैंक अकाउन्ट अद्यावधिक भएको हुनुपर्नेछ । ‘ई–पोलिसी लोन’ सेवा प्रभु महालक्ष्मी लाइफको वेबसाइट तथा एप दुवैमा उपलब्ध छ ।

    ‘ई–पोलिसी लोन’का साथै एआई च्याटबट, डायनामिक क्यूआर, लग इन पोर्टल पनि सुरु गरिएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर प्रभु महालक्ष्मी लाइफले आइतबार तिखेदेवलमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । शिविरबाट ५०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

    ललितपुर महानगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा सञ्चालित शिविरमा ओम अस्पतालका विशेषज्ञ डा. दिवाकर पराजुली ज्यूको नेतृत्वमा रहेको १० सदस्यीय चिकित्सक टोलीले बिरामीको मुटुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको प्रभु महालक्ष्मी लाइफले जानकारी दिएको छ ।

    यससँगै प्रभु महालक्ष्मी लाइफले देशैभरिका ११५ शाखा तथा उपशाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend