२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मन्त्रालयमै जेनजी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौं : श्रममन्त्री भण्डारी


सञ्चार डबली
  • आइतबार, मंसिर २८ २०८२
  • 4.1K
    SHARES

  • images
    मन्त्रालयमै जेनजी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौं : श्रममन्त्री भण्डारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरुको रोजगारी व्यवस्थापनको लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् । मन्त्रालयमा जेनजीका अगुवाहरुसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । 

    मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिको लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए ।

    जेनजी सेल स्थापना गर्नको लागि आफूले निर्देशन दिएको जानकारी दिँदै उनले मन्त्रालयले चाँडै नै तयारी थाल्ने उल्लेख गरे । उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसको लागी आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता पनि जनाए ।

    उनले भने, ‘एउटा जेनजीको सेल नै यही (मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धि सम्पूर्ण कुराहरु उहाँसँग छलफल गर्ने र उहाँहरुकै साथ र सहयोग लिएर हामीहरुले रोजगारको लागी प्राइभेट सेक्टरमा कसरी जान सकिन्छ, टेनिङ सेन्टरसँग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरु के के हुन सक्छन्, त्यसका लागि जेनजी सेलकै मैले यहाँ एउटा कुनै उपस्थिति, प्रतिनिधित्व रहने गरेर  आउनुस् न यहाँ लुकाउनुपर्ने के छ ? हाम्रो क्षमता यति छ, यो भित्र तपाईंहरुलाई कहाँ कहाँ राख्ने त्यो ढंगबाट काम गर्नुस् भनेर कुरा गर्दाखेरी उहाँ (सचिव)ले राम्रो छ, हामी तयारी गर्छौं भन्नुभएको छ ।’

    उनले थप भने, ‘मुख्य मुद्दा भनेको सामाजिक सुरक्षा र रोजगार यी दुई वटा कुराको ज्ञारेन्टीलाई कसरी सुरक्षित गर्ने भन्ने मुख्य कुरा यो हो । यसमा तपाईंहरुकै प्रत्यक्ष संलग्नतामा, अझ म त के भन्छु भने हाम्रो निर्देशनमा होइन, तपाईंहरुकै निर्देशनमा यसलाई अगाडी बढ्छौँ । त्यसको लागि चाहिँ मैले यहाँ भूमिका खेल्न प्रतिवद्ध छु ।’

    उनले प्रधानमन्त्रीले सुशीला कार्कीले जेनजीको भावनाअनुरुप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने पनि जानकारी दिए । आफ्नो पहिलो प्राथमिकतामा नै जेनजी हुने उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend