२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे


सञ्चार डबली
  • शुक्रबार, मंसिर २६ २०८२
  • 4.0K
    SHARES

  • images
    आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्न आफूहरुले चाहेको बताएका छन्। 

    ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरी लाग्नेहरुलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरुले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिने अवस्था आएको बताएका हुन् । उपाध्यक्ष पाण्डेले नेता, कार्यकर्ता आफैँले मूल्यांकन गरेर नेतृत्व छान्ने परिपार्टी बसाल्न र पार्टीलाई सामूहिक ढंगले अघि बढाउन महाधिवेशनले नयाँ नेतृत्व छान्नुपर्ने तर्क समेत गरेका छन्।

    उनले भने,‘ कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपार्टी हुक्र्यौं । हामी यसको विपक्षमा छौ । कार्यकर्ता आफैले हरेक फिल्ड नेता, कार्यकर्ता आफैले आफ्नो नेता आफैँ मूल्यांकन गरेर छान्ने पद्धति र सामूहिक ढंगले पार्टीलाई लिएर जाने पद्धति हामी स्थापित गरौै । यो परिपाटीलाई हामीले पार्टीको आधारभुत परिपाटीको रुपमा विकास ग¥यौँ भने यो पार्टीलाई कसैले छुन सक्दैन । कसैले हल्लाउन सक्दैन । यही लडाई यो महाधिवेशनको लडाईँ हो । यो लडाईमा हामी जित्न सकौ । जित्नेगरी अगाडि बढौं ।’

    उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend