२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

स्कोडा कायलाकको उपलब्धि: लन्च भएको ८ महिनामै ३० हजार युनिट बिक्री


सञ्चार डबली
  • शुक्रबार, मंसिर २६ २०८२
  • 3.9K
    SHARES

  • images
    स्कोडा कायलाकको उपलब्धि: लन्च भएको ८ महिनामै ३० हजार युनिट बिक्री

    काठमाडौं- स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाक मार्फत् ३०,००० युनिट बिक्रीको आँकडा पार गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

    यो एसयुभीले २०२५ जनवरीदेखि अगस्टसम्म ३०,१९० युनिट होलसेल बिक्री गर्दै ३० हजार थान बिक्रीको आँकडा पार गरेर बलियो ग्राहक स्वीकार्यता हासिल गरेको हो। यो तथ्यांकले भारतीय ग्राहकबीच स्कोडाप्रति बढिरहेको भरोसा र ब्रान्डको गुणस्तर, विश्वसनीयता र प्रदर्शनप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाएको छ।

    स्कोडा कायलाक हाल स्कोडा इन्डियाको सबैभन्दा महत्वपूर्ण मोडेलमध्ये एक बनिसकेको छ, जसले ब्रान्डको कुल बिक्रीमा ६५ प्रतिशत हिस्सा समेट्छ। यस सफलताले भारतमा कम्प्याक्ट र सब–कम्प्याक्ट एसयूभीप्रतिको माग तीव्र रूपमा बढिरहेको देखाउँछ भने स्कोडाले ग्राहकहरूको शैली, प्रदर्शन र उपयोगीतामाथिको अपेक्षा सफलतापूर्वक पूरा गरिरहेको संकेत गर्दछ। आधुनिक डिजाइन, भरपर्दो प्रदर्शन र मूल्यअनुसारको आकर्षक प्याकेजका कारण कायलाक देशभरका ग्राहकहरूको रोजाईमा परेको छ।

    स्कोडा कायलाकमा १.० -लिटर टर्बो पेट्रोल इञ्जिन प्रयोग गरिएको छ, जसले ६-स्पीड म्यानुअल वा अटोमेटिक गियरबक्ससँग मिलेर काम गर्छ। यसले ११४ एचपी पावर र १७८ एनएम टर्क प्रदान गर्छ, जसले शहरी एवम् लामो दुरी दुवै ड्राइभमा सहज, शक्तिशाली र आरामदायक अनुभव दिन्छ। प्रदर्शन र माइलेजको सन्तुलन किलाकको मुख्य आकर्षण हो।

    भारतीय बजारमा क्लासिक, सिग्नेचर, सिग्नेचर प्लस र प्रेस्टिज गरी कायलाकका सुविचारित ढंगले डिजाइन गरिएका चार मुख्य भेरियन्टहरू उपलब्ध छन्। प्रत्येक भेरियन्टमा ग्राहकका फरक फरक आवश्यकताहरू पूरा गर्ने गरी विशेषता, आराम, सुरक्षा र सुविधाहरू समेटिएका छन्। साथै, यो एसयुभी ७ आकर्षक रंगहरू ओलिभ गोल्ड, लाभा ब्लू, टोर्नेडो रेड, कार्बन स्टिल, ब्रिलियन्ट सिल्भर, क्यान्डी व्हाइट र डीप पर्ल ब्ल्याकमा उपलब्ध छ, जसले ग्राहकलाई आफ्नो स्टायललाई सुहाउने रङ्ग छनोट गर्न मद्दत गर्छ।

    कायलाकले सकारात्मक प्रतिक्रिया पाउनुको कारण स्कोडाको इनोभेसन, गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको निरन्तरको प्रतिबद्धता हो। उन्नत इन्जिनियरिङ, आधुनिक डिजाइन र किफायती मूल्यको संयोजन मार्फत स्कोडाले भारतीय अटो बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ।

    कायलाकको सफलतासँगै स्कोडा इन्डिया भविष्यमा पनि भारतीय ग्राहकको बदलिँदो आवश्यकता पूरा गर्न र ब्राण्डको उत्कृष्टता एवम् विश्वसनीयतामा आधारित छविलाई अझ सुदृढ बनाउन प्रतिबद्ध छ। यस गतिलाई कायम राख्दै ब्रान्डले कारप्रेमीहरूका लागि आगामी दिनमा अझ धेरै भरोसा, आत्मविश्वास र गर्व गर्न लायक मोडेलहरू बजारमा ल्याउने संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend