२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सर्वाेत्तम सिमेन्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


सञ्चार डबली
  • बिहीबार , मंसिर २५ २०८२
  • 2.8K
    SHARES

  • सर्वाेत्तम सिमेन्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । सर्वाेत्तम सिमेन्टले मंसिर २० गतेका दिन झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

    “सुखद जीवनका लागि हौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् भने कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको हो ।

    उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिशियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरे । उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रुपमा उपस्थित रहेका थिए ।

    सामाजिक उत्तरदायित्व बोध गर्दै उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेले यस्ता निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम भविष्यमा पनि निरन्तर लिएर आउने लक्ष्य लिइएको बताए । साथै सामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध रहेको उनले जानकारी दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend