काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत रहेको यामाहा नेपालले देशव्यापी सर्भिस सप्ताह ‘यामाहा ब्लू क्याम्प’ सुरु गरेको छ । मंसिर २१ देखि २७ गतेसम्म (डिसेम्बर ७–१३) सञ्चालन हुने यो अभियानमार्फत देशभरका यामाहा राइडरले आधिकारिक सर्भिस सेन्टरमा पुगेर विशेष छुटसहित प्रिमियम सर्भिस अनुभव लिन सक्नेछन् ।
अभियानको अवधिभर प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने सर्भिसमा निःशुल्क बाइक वास, १५–प्वाइन्ट विस्तृत चेकजाँच, यामाल्युबमा १५ प्रतिशत छुट, स्पेयर पार्ट्समा १० प्रतिशत छुट, लेबर चार्जमा ५० प्रतिशत छुट तथा निःशुल्क एएमसी कार्ड * जस्ता सुविधा उपलब्ध गराइने यामाहाले जनाएको छ ।
ग्राहक अनुभवलाई अझ आकर्षक बनाउन कम्पनीले दैनिक क्यासब्याक अफर पनि ल्याएको छ । अभियान चल्ने सात दिनमै हरेक दिन एक–एकजना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने व्यवस्था गरिएको यामाहाले जनाएको छ । यसले राइडरहरूलाई गुणस्तरीय सेवा मात्रै होइन, सर्भिस खर्चमा विशेष राहत पाउने अवसर पनि प्रदान गर्ने यामाहाको दाबी छ ।
अभियानमा ‘नो योर बाइक’ सेसनसमेत समावेश गरिएको छ । जहाँ सर्भिस सेन्टरका प्रमुख प्राविधिकले ग्राहकहरूलाई मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मत आवश्यकताहरू तथा प्राविधिक पक्षबारे विस्तृत जानकारी दिनेछन् । त्यस्तै ‘सेफ्टी राइड सेसन’ मार्फत सुरक्षित सवारीका व्यावहारिक सुझावहरू प्रदान गरिनेछ । अनलाइन बुकिङमार्फत यामाहा एक्सप्रेस सर्भिस सुविधा, एएमसी खरिदमा विशेष अफर तथा सरप्राइज गिफ्टहरू पनि उपलब्ध हुनेछन् ।
अभियानबारे जानकारी दिँदै एमएडब्लू राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले 'यामाहा ब्लू क्याम्प' ग्राहकप्रतिको विश्वास र प्रतिबद्धता अझ मजबुत बनाउने पहल भएको बताए । “यामाहा सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिसमार्फत दीर्घकालीन विश्वास निर्माण गर्नेमा विश्वास राख्छ,” उनले भने, “यस अभियानबाट हामी राइडरहरूको सुरक्षा, सन्तुष्टि र सुविधा अभिवृद्धि गर्ने लक्ष्य राखेका छौँ ।”



