२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर


सञ्चार डबली
  • आइतबार, मंसिर २१ २०८२
  • 5.4K
    SHARES

  • images
    एलआरआर मोटर्स सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’को जर्सी स्पोन्सर

    काठमाडौं । एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी प्रायोजन गर्ने भएको छ । आज आयोजिक एक कार्यक्रममा एलआरआर मोटर्स र सुदूरपश्चिम रोयल्सबीच प्रायोजना सम्झौता सम्पन्न भइ साबिकको बड्डाउ ‘जिली बड्डाउ’को नाममा रिब्राण्डिङ्ग भएको हो ।

    एलआरआर मोटर्स चिनमा निर्मित विश्वचर्चित जिली इएक्स फाइभ म्याक्स र प्रो सिरिज विद्युतीय गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता कम्पनी हो । सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी प्रायोजन सम्झौता सँगै ‘जिली बड्डाउ’ले अब जिली इएक्स फाइभको ब्राण्ड प्रमोसनमा संलग्न हुनेछन् ।

    सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र एलआरआर मोटर्सका प्रबन्ध निर्देशक (म्यानेजिङ डाइरेक्टर) जीवन जङ्ग शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले प्रतियोगिताका लागि एलआरआर मोटर्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘मस्कट’ बड्डाउ प्रतियोगितामा फरक रौनक थप्ने एक माध्यम हो । अब यो रौनक सँगै एलआरआर मोटर्स पनि जोडिएको छ,’ खड्काले भने ।

    यता एलआरआर मोटर्सका प्रबन्ध निर्देशक शाहीले सफल टोली सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । ‘हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा खुसी छौं । यो सम्झौताले सुदूरपश्चिमको विजय यात्रामा हाम्रो सकारात्मक योगदान हुनेछ,’ शाहीले बताए । साविक विजेता सुदूरपश्चिम रोयल्स यो सिजन पनि पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend