काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनसको योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्मका क्यासब्याक तथा ७ हजार रूपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध रहेको सामसङ नेपालले जनाएको छ ।
यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूले नजिकैको सामसङ अधिकृत स्टोरमा गई अफरका विस्तृत विवरण थाहा पाउन सक्ने सामसङ् नेपालले उल्लेख गरेको छ ।
८५ इन्चसम्मका ठूलो स्क्रिन र अत्याधुनिक पिक्चर क्वालिटीको विशेषता रहेको छ । सामसङका नवीनतम एआई टीभी लाइनअप (क्यएलईडी र यूएचड) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्याउने अत्याधुनिक फिचरहरू समावेश रहेको कम्पनीको दाबी छ ।
टीभीमा रहेको फोरके एआई अपस्केलिङले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ । यसैगरी सामसङ केनक्ट सेक्युरिटीले सुरक्षित, भरपर्दो र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ ।
साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०% ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ।
साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

