२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

उच्च शिक्षाका लागि बेलायत जाने नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि


सञ्चार डबली
  • सोमबार, मंसिर १५ २०८२
  • 6.4K
    SHARES

  • images
    उच्च शिक्षाका लागि बेलायत जाने नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि

    काठमाडौं ।यसवर्ष उच्च शिक्षा अध्ययनका लागि बेलायत आउने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । बेलायतको गृह मन्त्रालयले नोभेम्बर २३ मा जारी गरेको तथ्याङ्कअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीहरूको संख्या झण्डै दुई गुणा बढेको छ ।

    तथ्याङ्कअनुसार सन् २०२२ को पहिलो त्रैमासिकदेखि तेस्रो त्रैमासिकसम्ममा ३ हजार ३६३ विद्यार्थीले बेलायतको भिसा पाएका थिए । सन् २०२३ को सोही अवधिमा बेलायतको भिसा पाउने नेपाली विद्यार्थीहरूको संख्या ६ हजार ५४७ पुगेको छ ।

    जुन सन् २०२२ को तुलनामा करिब ९८ प्रतिशतले बढी छ । यी दुई वर्षमा बेलायत आउने विद्यार्थीको संख्यामा सबैभन्दा वृद्धि हुने मुलुक नेपाल नै हो । नेपालपछि म्यानमारबाट उच्च शिक्षा अध्ययनका लागि आउनेको संख्यामा करिब ५७ प्रतिशत वृद्धि भएको छ । त्यसपछि इरानबाट बेलायत आउनेहरू रहेका छन् । उनीहरूको संख्यामा करिब ५१ प्रतिशत वृद्धि भएको छ ।

    उता कोभिडपूर्वको तथ्याङ्कसँग तुलना गर्ने हो भने सो संख्या १ हजार २४७ प्रतिशत बढी रहेको बताइएको छ । उता भारत, नाइजेरिया, बङ्गलादेश, हङकङ, मलेसिया, थाइल्याण्ड, इजिप्टबाट बेलायत उच्च शिक्षा अध्ययनका लागि आउनेहरूको संख्या भने घटेको छ ।  

    नेपालबाट बेलायत अध्ययनका लागि आउने विद्यार्थीको संख्या उल्लेख्य बढे पनि बेलायतमा विभिन्न देशहरूबाट उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीको कूल संख्यामा भने खासै वृद्धि भएको पाइएको छैन ।सन् २०२२ मा ४ लाख ६ हजार ९९९ विद्यार्थीले विद्यार्थी भिसा पाएकोमा सन् २०२३ मा ४ लाख ७ हजार ९६६ विद्यार्थीले बेलायतको भिसा पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend