२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पूर्वीनाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात


सञ्चार डबली
  • शुक्रबार, मंसिर १२ २०८२
  • 4.1K
    SHARES

  • पूर्वीनाका काँकडभिट्टाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

    झापा । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा पूर्वी नाका काँकडभिट्टाबाट कुल रु. १ अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ ।  

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यो अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया मुख्य रूपमा भारततर्फ निर्यात भएको हो ।  

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको चिया निर्यात मूल्यमा ३७ प्रतिशतले कमी आएको छ । गत वर्ष सोही अवधिमा रु. २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो, अर्थात् यो वर्ष रु. ८३ करोड १७ लाख ६२ हजारले कम हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend