२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अध्यक्ष ढकालको गुनासो : लगानी प्रवर्द्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरूले परिणाम दिन सकेनन्


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 4.4K
    SHARES

  • अध्यक्ष ढकालको गुनासो : लगानी प्रवर्द्धनका लागि खुलेका कतिपय सरकारी संस्थाहरूले परिणाम दिन सकेनन्

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरू केवल रोजगारी दिनेमा मात्रै सीमित भएको बताएका छन् ।

    मंगलबार काठमाडौँमा ११ औँ राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल सरकारबाट लगानी  प्रवर्द्धन गर्ने भनेर तयार गरेका संस्थाहरू केवल रोजगारीसम्म मात्र सीमित रहेको भन्दै लगानी  प्रवर्द्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरूले त्यो हिसाबले काम गर्न नसकेको बताए । 
    उनले भने, “नेपाल सरकारको तर्फबाट स्थापना गरेका कतिपय संस्थाहरू कसैलाई रोजगारी दिने हिसाबले मात्र स्थापना भएको देखेका छौँ । यस्तो काम हुनु हुँदैन् भन्ने कुरा म राख्न चाहन्छु । सरकारबाट लगानी प्रवद्र्धन गर्ने भनेर तयार गरेका कतिपय संस्थाहरू केवल रोजगारी पाउने र विदेश घुम्ने हिसाबको मात्रै भएको छ । यसले गर्दा साच्चिकै लगानी प्रवद्र्धन गर्ने हिसाबले परिणाम दिनुपर्ने संस्थाहरूले त्यो हिसाबले काम गर्न सकेको छैन ।” 

    निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानी भित्राउनुपर्ने काम एकातिर रहेको भन्दै यसका लागि लगानीकर्ताहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । 

    नेपालमा वातावरण नै छैन, निराशा मात्रै छ भन्ने खालको कुराहरू आएको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन गरेर आर्थिक कारोबार अगाडि बढाउनुपर्ने उनको भनाई छ । 

    सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले उद्योग क्षेत्रको योगदानलाई बढाउने सन्दर्भमा सबैले चिन्तन गर्नुपर्ने भन्दै यसमा सरकारी र निजी क्षेत्र दुवैको महत्त्वपूर्ण भूमिका रहने बताए ।  

    सरकारी पक्षले नीति एवम कानुनमा सुधार गर्ने र सेवा प्रवाह गर्ने हो भने नीजि क्षेत्रले पनि आफूलाई व्यवसायिक बनाउन र उद्यमशिलता विकास गर्न जरूरी रहेको पनि उनको भनाई छ । 

    उनले भने, “अगामी दिनमा उद्योग क्षेत्रको योगदानलाई कसरी बढाउने भन्ने सन्दर्भमा सबैले चिन्तन मनन् गरेर अगाडि जानुपर्छ । यसमा सरकारी र निजी क्षेत्रको समान महत्त्वपूर्ण भूमिका छ । सरकारी पक्षले सहजीकरण गर्ने नीति कानूनमा सुधार गर्ने र सेवा प्रवाह गर्ने हो भने नीजि क्षेत्रले पनि आफूलाई नीजिकरण गर्न जरुरी छ । आफूलाई व्यवसायिक बनाउन र उद्यमशिलता विकास गर्न जरुरी छ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend