२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सञ्चारमन्त्री भन्छन् – सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपछ


सञ्चार डबली
  • बिहीबार , मंसिर ११ २०८२
  • 5.6K
    SHARES

  • images
    सञ्चारमन्त्री भन्छन् – सामाजिक सुरक्षालाई बाध्यकारी बनाउँदा सम्बन्धित निकायहरु उत्साही बन्नुपछ

    काठमाडौं/ सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चारमाध्यमलाई सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका छन् । 

    बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  सामाजिक सुरक्षाको विषय कानुनमा नै व्यवस्था गरिएको बताउँदै सबै सञ्चारमाध्यमलाई उत्साहपूर्वक सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरेका हुन् । 

    उनले भने, ‘राज्यबाट सञ्चालित सञ्चारमाध्यममा कार्यरत पत्रकार मात्रै र कर्मचारीमात्रै नभएर, के आह्वान गर्न चाहान्छु भने निजी सञ्चारमाध्यम जो औपचारिक क्षेत्र भनेर भनिएको छ । निजी सञ्चार माध्यमपनि आफै उत्साही भएर सामाजिक सुरक्षाको दायरामा तपाईहरु अन्तर्गतका कर्मचारीहरुलाई ल्याउनको लागि आह्वान गर्न चाहान्छु । किनकी यो कानुनमा नै व्यवस्था गरिएको छ ।’ 

    त्यस्तै, उनले सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्ने धारणा राखे । 

    ‘यसरी सामाजिक सुरक्षाको दायरामा जाँदा सम्बन्धित सञ्चार माध्यमलाई पनि केही घाटा पर्दैन् र पत्रकारहरुलाई पनि घाटा पर्दैन् । सामाजिक सुरक्षालाई बाध्यकारी र अनिवार्य बनाइराख्दा सम्बन्धित निकायहरु उत्साही बन्नुपर्छ भन्ने लागेको छ ।’

    त्यस्तै, उनले अहिलेसम्म ६ लाख भन्दा बढि औपचारिक क्षेत्रका नागरिक र १९ लाखभन्दा बढि वैदेशी र स्वदेशीक रोजगारीका नागरिक सामाजिक सुरक्षाको दायरामा आइसकेको जानकरी गराए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend