२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘कमाउँदै पढ्दै’ नीति त्रिविले कार्यान्वयन गर्ने


सञ्चार डबली
  • बुधबार, मंसिर १० २०८२
  • 4.2K
    SHARES

  • images
    ‘कमाउँदै पढ्दै’ नीति त्रिविले कार्यान्वयन गर्ने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कमाउँदै पढ्दै नीति कार्यान्वयनको पहल गर्ने भएको छ ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८२र२०८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेख गरिएको ‘कमाउँदै पढ्दै’ भन्ने नीति अनुरूप कक्षा कार्ययोजना बनाइ कार्यान्वयन गर्न पहल गरिने उपकुलपति प्रा डा दीपक अर्यालले बताए ।

    कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागू गरिने उनको भनाइ छ । ‘अन्य अध्ययन संस्थान र संकायहरूमा पनि क्रमशः यो अवधारणा लागू गरिने छ’, त्रिविको सभामा उपकुलपति अर्यालले भने ।

    व्यावसायिक साझेदारी कार्यलाई अगाडि बढाउन व्यवसायीहरूमार्फत ज्ञान, उत्पादन, अनुसन्धान, भौतिक पूर्वाधार निर्माणमा सहयोग आदानप्रदान गरिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend