२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images
प्रिमियर ःष्ममभि थ्भबचक विद्यार्थीहरूको आविष्कारशीलता ‘ब्लखभकजबलस् ःथ्ए क्त्भ्ब्ः भ्हजष्दष्तष्यल द्दण्द्दछ’ मा झल्कियो

प्रिमियर स्कुलका विद्यार्थीको ‘Anveshan: MYP STEAM Exhibition 2025’ सम्पन्न


सञ्चार डबली
  • मंगलबार, मंसिर ९ २०८२
  • 9.1K
    SHARES

  • images
    प्रिमियर स्कुलका विद्यार्थीको ‘Anveshan: MYP STEAM Exhibition 2025’ सम्पन्न

    काठमाडौं । प्रिमियर इन्टरनेसनल स्कुलमा ‘अन्वेषण २०२५’ सम्पन्न भएको छ । विज्ञान–प्रविधि प्रदर्शनीमा कक्षा ६ देखि ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनामा सिर्जनात्मकता र प्रविधि–सीपको प्रदर्शनी गरिएको थियो ।

    साधारण तथा जटिल मेसिन, ऊर्जा रूपान्तरण तथा प्रणालीसम्बन्धी अनुसन्धानलगायतका प्रदर्शनीले विद्यार्थीलाई आलोचनात्मक सोच, उद्देश्यपूर्ण डिजाइन र वास्तविक समस्या समाधानतर्फ बाटो देखाएको स्कुलले जनाएको छ ।

    विद्यार्थीहरूले स्वचालित प्रणालीदेखि दिगो प्रविधिसम्मका थुप्रै नमुना प्रस्तुत गरेका थिए । स्वचालित पानी झार्ने यन्त्र, हाइड्रोलिक ब्रेक प्रणाली, हातका इशाराले चल्ने कृत्रिम हात, आपतकालीन अवस्थामा टाढाबाट चलाइने सानो सवारी, स्मार्ट सडकबत्ती तथा नवीकरणीय ऊर्जाका नमुना प्रदर्शनीमा राखिएका थिए ।

    कार्यक्रमका विशेष अतिथि हिप्को इन्फ्राका निर्देशक तथा द लिफ रिसोर्टका संस्थापक हितेश गोल्छाले विद्यार्थीको आत्मविश्वास, सिर्जनात्मकता र प्रविधि–बुझाइबाट आफू अत्यन्त प्रभावित भएको बताए । उमेरले साना विद्यार्थीले गरेको कामको स्तर असाधारण रहेको उल्लेख गर्दै उनले उत्कृष्ट समूहलाई उपहारसमेत प्रदान गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend