२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

‘जितिसकेको जेन्जी विद्रोहलाई सुशीला कार्कीले अपहरण गरिन्’


सञ्चार डबली
  • आइतबार, मंसिर ७ २०८२
  • 5.6K
    SHARES

  • images
    ‘जितिसकेको जेन्जी विद्रोहलाई सुशीला कार्कीले अपहरण गरिन्’

    ललितपुर- ललितपुरको चापागाउँमा आयोजित आमसभामा जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले सुशीला कार्की नेतृत्वको समूहमाथि जेन्जी विद्रोहलाई “अपहरण” गरेको गम्भीर आरोप लगाएका छन्। राष्ट्रिय परिस्थितिबारे उग्र स्वरमा सम्बोधन गर्दै किरणले देश अहिले “अभूतपूर्व राजनीतिक संकट” तर्फ धकेलिँदै गएको जिकिर गरे।

    सभामा बोल्दै किरणले भने, “यो देशलाई लुट्ने, युवाहरूको भविष्य अन्धकारतर्फ धकेल्ने तत्वहरूलाई आत्मसमर्पण गर्न बाध्य बनाएको जनजीविद्रोहलाई सुशीला कार्कीको गिरोहले कब्जा गरेपछि संकट झन् गहिरिँदै गएको छ।”
    उनका अनुसार, विद्रोहको मूल मर्म, उद्देश्य र बलिदानीको बाटोबाट विचलित गर्दै आन्दोलनलाई गलत मोडमा लैजान खोजिएको छ, जसले देशलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने खतरा बढेको छ।

    सरकारमाथि एकपछि अर्को आरोप

    उनले वर्तमान सरकारले गठन भएको दिनदेखि नै “तस्करीतन्त्रको रजगज” चलाएको आरोप पनि लगाए। किरणका अनुसार ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुनेगरी सम्झौता गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी रूपमा कर छुट उपलब्ध गराएको, तथा महान्यायाधिवक्ताले १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाएर डिम्ब बेच्नेलाई कारबाहीबाट उन्मुक्ति दिएको घटनाले सरकारको नियत नै शंकास्पद देखिएको छ।

    त्यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आफ्नो नातासम्बन्धीलाई डीआईजी बनाउन दरबन्दीसम्म मिलाएको आरोप लगाउँदै किरणले यस्ता कुकृतिहरू जेन्जी विद्रोहको भावना र मूल लक्ष्यसँग प्रत्यक्ष रूपमा विपरीत रहेको बताए।

    ‘युवामाथि गोली चलाउनेहरू हौसिएका छन्’

    सरकारको “लाचारीपन” र “आत्मसमर्पण गरेको चरित्र” का कारण, किरणका अनुसार, विगतमा युवामाथि गोली चलाउनेहरू समेत पुनः आक्रमक रूपमा सक्रिय हुन थालिसकेका छन्। देशभक्त शक्तिमा भय फैलाउने र विद्रोही भावनालाई दबाउन खोज्ने प्रयास तीव्र रूपमा बढेको उनले आरोप लगाए।
    पदबाट हट्ने चेतावनी

    सभाको अन्त्यतिर किरणले सुशिला कार्कीलाई सिधा चेतावनी दिदैँ भने, “यदि तत्काल पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरिएन भने देश गृहयुद्ध जस्तै भयावह अवस्थातर्फ जान सक्छ।”
    उनले सबै युवाहरू र राष्ट्रप्रेमी शक्तिलाई सतर्क रहन आह्वान गर्दै विद्रोहको मूल लक्ष्य—देशलाई स्वच्छ, न्यायपूर्ण र सक्षम नेतृत्वतर्फ लैजाने प्रतिवद्धता दोहोर्‍याए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend