२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गडबडी मच्चाएर कब्जा गरेको सरकारलाई अदालतले संवैधानिक ठहराउन सक्दैन -ओली


सञ्चार डबली
  • शनिबार, मंसिर ६ २०८२
  • 6.4K
    SHARES

  • images
    गडबडी मच्चाएर कब्जा गरेको सरकारलाई अदालतले संवैधानिक ठहराउन सक्दैन -ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार पूर्ण रूपमा असंवैधानिक र अवैध रहेको दाबी गर्दै यसलाई कुनै पनि हालतमा संवैधानिक ठहराउन सर्वोच्च अदालतसमेत असमर्थ रहने बताएका छन्।

    शनिबार काठमाडौँमा आयोजित विशाल जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले यो सरकार हिंसा, आगजनी र तोडफोडको बलमा जन्मिएको ‘कृत्रिम सत्ता’ भएको आरोप लगाए। उनले यो मुद्दामा एमालेले नै सर्वोच्च अदालतमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

    ओलीले भने, “यो सरकारको संवैधानिकता जाँच्ने काम सम्मानित सर्वोच्च अदालतले गर्नैपर्छ। संविधानमा यस्तो सरकारलाई वैध ठहर गर्ने कुनै ठाउँ छैन। अदालतले यसलाई संवैधानिक मान्न सक्ने अवस्था नै छैन।”

    उनले वर्तमान अन्तरिम सरकारलाई ‘विदेशी चलखेल र दबाबको उपज’ तथा ‘लोकतान्त्रिक विधिविपरीतको सत्ता’ भन्दै कडा आलोचना गरे। भदौ २३–२४ को जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक गतिविधिले आफ्नो सरकार ढालेर सुशीला कार्कीको नेतृत्वमा गठन भएको यो सरकारलाई उनले ‘अराजकताबाट जन्मिएको सत्ता’ को संज्ञा दिए।

    ओलीले थपे, “नेकपा एमाले शान्ति, सुव्यवस्था, सुशासन र लोकतन्त्रको रक्षा गर्न बनेको पार्टी हो। यो देशको स्वाभिमानको संरक्षक हो। कसैले जतिसुकै अवैध, असंवैधानिक र अलोकतान्त्रिक ढंगले एकछिनका लागि सत्ता कब्जा गरे पनि एमालेले जनता र लोकतान्त्रिक प्रक्रियाको बलमा त्यसलाई पुनः सही बाटोमा ल्याएर छाड्छ।”

    उनले अराजकताको शासन लामो टिक्न नसक्ने चेतावनी दिँदै भने, “एमाले जनताको साथमा छ। हामी छिट्टै अराजकता अन्त्य गरेर सुशासन र शान्ति स्थापना गर्छौं। मिचिएको संविधानलाई पुनः जीवित बनाउँछौं।”

    सङ्कटको एकमात्र निकास प्रतिनिधिसभाको पुनर्स्थापना रहेको उनको जोडदार अडान थियो। यसका लागि एमालेले एकातिर अदालतमा सशक्त कानुनी लडाइँ लड्ने र अर्कोतिर जनपरिचालन तथा प्रदर्शनलाई अझ तीव्र बनाउने उनले घोषणा गरे।

    ओलीले अन्त्यमा जनतालाई अवैधानिक सत्ताविरुद्ध एकजुट हुन र लोकतन्त्रको रक्षा गर्न आह्वान गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend