२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

शिखर इन्स्योरेन्सको २१औँ वार्षिकोत्सव अवसरमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न


सञ्चार डबली
  • मंगलबार, मंसिर २ २०८२
  • 3.5K
    SHARES

  • images
    शिखर इन्स्योरेन्सको २१औँ वार्षिकोत्सव अवसरमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा देशभर साताव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    रगतको बढ्दो अभावलाई मध्यनजर गर्दै कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना शाखा तथा कार्यालयहरूको संयोजनमा यो कार्यक्रम आयोजना गरेको थियो। 

    प्रदेशगत रूपमा संकलित रगतको विवरण यसप्रकार छ :  
    - कोशी प्रदेश : ५३ युनिट  
    - मधेश प्रदेश : १६७ युनिट  
    - बागमती प्रदेश : ६३९ युनिट  
    - गण्डकी प्रदेश : ७९ युनिट  
    - लुम्बिनी प्रदेश : ४३५ युनिट  
    - कर्णाली प्रदेश : ४४ युनिट  
    - सुदूरपश्चिम प्रदेश : २२ युनिट  

    कुल : १,४३९ युनिट रगत संकलन  

    कार्यक्रम सफल बनाउन प्रत्यक्ष-अप्रत्यक्ष योगदान गर्ने सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टिम, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, स्वयंसेवी रक्तदाता तथा सम्पूर्ण सहयोगीप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ।

    २२औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सम्पूर्ण कर्मचारी, अभिकर्ता, शुभचिन्तक र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ विश्वसनीय, सरल र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend