२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अब पठाओ राइडर बन्न परीक्षामा अनिवार्य ८० प्रतिशत अंक ल्याउनुपर्ने


सञ्चार डबली
  • मंगलबार, मंसिर २ २०८२
  • 4.3K
    SHARES

  • अब पठाओ राइडर बन्न परीक्षामा अनिवार्य ८० प्रतिशत अंक ल्याउनुपर्ने

    काठमाडौं । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाएको छ । कम्पनीले राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। 

    पठाओकि निर्देशक सुरक्षा हमालका अनुसार, राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो पक्ष बीमा अनिवार्य छ। त्यसपछि एपमा रहेको लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) मार्फत अनलाइन प्रशिक्षण सञ्चालन हुनेछ। सो प्रशिक्षणपछि लिइने परीक्षामा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्नेछ। असफल भएकाहरू भोलिपल्ट पुनः प्रशिक्षण लिएर पुनः परीक्षा दिन सक्नेछन्।

    यसले राइडर बन्ने प्रक्रियालाई अझ पारदर्शी र सजिलो बनाउँदै यात्रालाई पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको छ। इच्छुकहरूले पठाओ ड्राइभ एप डाउनलोड गरी अनलाइनमार्फत दर्ता प्रक्रिया सुरु गर्न सक्नेछन्। 

    ड्राइभ एपमा खाता खोली आवश्यक कागजातहरू अपलोड गरिसके पछि पठाओको कार्यालयले  ती कागजातहरूको जाँच गर्नेछ भने २४ घण्टा भित्र खाता प्रमाणीकरण हुनेछ ।

    पठाओ ड्राइभ एप मार्फत नै अनलाइन प्रशिक्षण लिन सकिनेछ । प्रशिक्षण पूरा भइसकेपछि परीक्षामा सामेल हुन पाइनेछ । जुन पठाओ एपबाट नै दिन सकिन्छ । उक्त परीक्षामा ८० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेपछि सम्बन्धित व्यक्तिलाई एसएमएस मार्फत सम्झौता पत्र पठाइनेछ । 

    कम्पनीको अनुसार सक्रिय पठाओ राइडरहरूले मासिक औसत ४०-५० हजार रुपैयाँसम्मको आम्दानी गर्ने गरेको समेत तथ्यांङ्कले देखाएको कम्पनीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend