२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा सम्पन्न


सञ्चार डबली
  • शनिबार, कात्तिक २९ २०८२
  • 5.9K
    SHARES

  • images
    नेपाल प्रिमियर लिग दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा सम्पन्न

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नक्सालस्थित प्रधान कार्यालयमा पुगेको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजित एनपीएल–२ को ट्रफी कम्पनीमा विशेष कार्यक्रमबीच प्रदर्शित गरिएको हो ।

    सह–प्रायोजक सानिमा रिलायन्सका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटप्रति बढ्दो जनचासोको उल्लेख गर्दै एनपीएलले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए । उनले आगामी मंसिर १ देखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको सफलताको शुभकामना दिंदै दोस्रो संस्करणमा पनि सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गौरवको विषय रहेको जनाए ।

    ट्रफीमा जडित सगरमाथा क्षेत्रको कालापत्थरको पत्थर निमा शेर्पा र मिङ्मा डेविड शेर्पाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमति र सहयोगमा सुरक्षित रूपमा ल्याएका हुन् । यसले ट्रफीलाई हिमाली पहिचानसँग जोड्ने उद्देश्य राखिएको आयोजकले बताएको छ ।

    हाल सानिमा रिलायन्स लाइफले देशभर १६९ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । पाँच अर्बभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीले २० अर्बभन्दा बढी लगानी गरिसकेको छ भने करिब २० हजारभन्दा बढी अभिकर्तामार्फत बीमा सेवा विस्तार गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend