२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एमाले महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छः ईश्वर पोखरेल


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २८ २०८२
  • 6.0K
    SHARES

  • images
    एमाले महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छः ईश्वर पोखरेल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिँदो राजनीतिक परिस्थितिमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा संशोधित विधान र समसामयिक राजनीतिक अवस्थाको गहन समीक्षा हुनुपर्ने बताएका छन् ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले बिहीबार जारी गरेको वक्तव्यमा गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछिको विकसित घटनाक्रमलाई महाधिवेशनमा छलफलको केन्द्रबिन्दु बनाउनुपर्नेमा जोड दिएका छन् ।

    एमाले नेतृत्वले गत भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनपछि आगामी राष्ट्रिय महाधिवेशनलाई मुख्यतः नेतृत्व चयनमा केन्द्रित गर्ने बताउँदै आएको छ । अध्यक्ष केपी शर्मा ओलीले पनि समसामयिक विषयमा आफ्नो मन्तव्यपछि महाधिवेशन नेतृत्व चयनमा प्रवेश गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

    तर पोखरेलको वक्तव्यमा भनिएको छ, “जेनजी आन्दोलनपछि परिस्थितिमा व्यापक परिवर्तन आएको छ । राजनीतिक अवस्था, दलहरू, सरकार र संसद् जस्ता संस्थाहरू हिजोको अवस्थामा छैनन् । यस्तोमा हिजोका निष्कर्षले वर्तमान र भविष्यलाई सही मार्गदर्शन गर्न सक्दैनन् । हामीले आफूलाई अद्यावधिक गर्नैपर्छ ।”

    उनले थपे, “पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेका विचार र मान्यताअनुसार खुला बहसमा सहभागी भई नयाँ निष्कर्षमा पुग्न महाधिवेशन प्रतिनिधिहरूको महत्वपूर्ण भूमिका रहनेछ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend