२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : सञ्चारमन्त्री खरेल


सञ्चार डबली
  • आइतबार, कात्तिक २३ २०८२
  • 4.5K
    SHARES

  • images
    मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : सञ्चारमन्त्री खरेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आमसञ्चारका माध्यमहरुमध्ये मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको बताएका छन् ।

    सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव एंव सार्वजनिक सेवा प्रसारण तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा उनले सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा आमसञ्चारका माध्यमहरु खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले चल्नुपरेको बताए ।

    उनले भने, ‘सामाजिक सञ्जालको पछिल्लो समयको दबदबा र प्रभावको बीचमा खुम्चिएर सकस र संघर्षपूर्ण तरिकाले आमसञ्चारका माध्यमहरु मूलधारका मिडियाहरु चल्नु परेको अवस्था छ । यस्तो चौनौतिका बीचमा पनि एन टिभी वल्र्ड सार्वजनिक भएको छ । यसमा कम चुनौती छ भन्ने म मान्दिन् ।’ यस्तै, उनले अलिहेको अवस्था पहिलाभन्दा फरक रहेको भन्दै अब पनि भित्तामा राखेको टेलिभिजनमा मात्र कार्यक्रमहरु देखाउने हो भने इतिहासमा मात्रै सिमित रहने बताए ।

    उनले भने, ‘अलिहेको अवस्था पहिलाभन्दा धेरै फरक भइसकेको छ । भित्तामा राखेको टेलिभिजनमा मात्रै हाम्रा कार्यक्रम र समाचारहरु आउने हो भने रेडियो नेपाल र नेपाल टेलिभिजन इतिहास मात्र बन्छ । तर हामी आम सञ्चारको भविष्य र वर्तमान बन्नुछ । त्यसकारण अब हामी मोबाइलमा पनि आउनुपर्यो ।’ नेपालका आमसञ्चार माध्यमहरु रेडियो, टेलिभिजन संकटग्रस्त अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा एनटिभि वल्ड खोलेर मात्र हुँदैन् ग्राहकहरु पनि तान्न सक्नु पर्ने पनि उनको भनाई छ ।

    उनले भने, ‘नेपालका आम सञ्चार माध्यमहरु रेडियो, टेलिभिजन संकटग्रस्त अवस्थामा रहेका छन् । यीनै संकटग्रस्त अवस्थामा एन टिभी वल्र्ड खोलेर मात्र हुदैँन् । ग्राहकहरु पनि आउनुपर्ने हुन्छ । अब हाम्रो लागि चुनौतीको विषय नै यही हो ।’

    साथै, उनले रेडियो नेपाल र नेपाल टेलिभिजिनले गर्विलो विरासत र इतिहास कायम गर्न सफल भएको भन्दै यी दुवै संस्था अहिले सार्वजनिक सेवा प्रसारणको एउटा छाताभित्र आउनु गर्वको कुरा भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend