२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

निर्वाचन सफल बनाउन सञ्चार माध्यमले अझ प्रभावकारी ढंगले काम गर्नुपर्दछः राष्ट्रपति पौडेल


सञ्चार डबली
  • आइतबार, कात्तिक २३ २०८२
  • 4.5K
    SHARES

  • images
    निर्वाचन सफल बनाउन सञ्चार माध्यमले अझ प्रभावकारी ढंगले काम गर्नुपर्दछः राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आईतवार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्

    राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत र सुदृढ बनाउन सो निर्वाचन घोषणा गरिएको उल्लेख गरेका छन् । निर्वाचनलाई सफल बनाउनका लागि सञ्चार माध्यामहरु अझ बढी क्रियाशील हुनुपर्ने स्पष्ट पारेका छन् । 

    उनले सरकारी सञ्चार माध्यामहरुले लोकतन्त्रको सुदुढीकरणमा बढी जोड दिनुपर्ने समेत बताउका छन् भने नेपालको संस्कृति, भेषभुषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरु र नविन सोच तथा उपलब्धिहरुलाई विश्व समक्ष चिनाउन एनटिभी वल्ड च्यानलले महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् । 

    उनले भने,‘ युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आजको आवश्यकता हो । आज नेपाल टेलिभिजनको नयाँ च्यानल एनटिभी वल्र्ड पनि शुभारम्भ भएको छ । नेपालको संस्कृति, भेषभुषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरु र नविन सोच तथा उपलब्धिहरुलाई विश्व समक्ष चिनाउन यस च्यानलले महत्वपूर्ण भुमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ 

    राष्ट्रपति पौडेलले जनतालाई सही सूचना दिनेकुरामा सञ्चार माध्यामहरुले गम्भिरतापूर्वक काम गर्नुपर्ने पनि बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend