२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रिमियरले आयोजना गर्यो नेपालको पहिलो विद्यालय स्तरिय TEDx -“Greatness Begins Here”


सञ्चार डबली
  • आइतबार, कात्तिक २३ २०८२
  • 7.8K
    SHARES

  • images
    प्रिमियरले आयोजना गर्यो नेपालको पहिलो विद्यालय स्तरिय TEDx -“Greatness Begins Here”

    काठमाडौं । प्रिमियर इन्टरनेसनल IB Continuum Schoolले नेपाल कै पहिलो विद्यालय स्तरको TEDx कार्यक्रम TEDxPremierIntlSchool आयोजना गरेको छ । उक्त कार्यक्रमले “Greatness Begins Here” विषयवस्तुमा आधारित भई युवा विचार, सिर्जनशीलता र विश्व नागरिकताको भावनालाई एकै मञ्चमा ल्याएको छ ।

    TEDxPremierIntlSchool कार्यक्रममा कुल छ विद्यार्थी वक्ता थिए, जसले स्कूलको तीनै तह—Primary Years Programme (PYP), Middle Years Programme (MYP) र Diploma Programme (IBDP)—लाई प्रतिनिधित्व गरे। विद्यार्थी वक्ताहरू हुन्: दर्शनीका न्यौपाने (PYP 5), ज्योत्सना खड्का (MYP 1), आयुष्यमान अग्रवाल (MYP 3), सौर्य श्रेष्ठ (Grade 10), मन्त्र पोखरेल (Grade 10) र हृदिमा अग्रवाल (IBDP 1)। हरेकले साहस, सहानुभूति, आफूभित्रको आवाज र अडानका आफ्ना अनुभव बाँडे - र देखाए कि साना कुराबाटै प्रेरणा र प्रभाव सुरु हुन्छ।

    कार्यक्रममा ५ अतिथि वक्ताहरूले पनि आफ्ना बहुमूल्य विचार दिए। अतिथि वक्ताहरूमा ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरिबाबु महर्जन, मिडिया व्यक्तित्व सुगरिका केसी, डा. सुनिता घिमिरे गौतम (2024 OWSD Early Career Fellow), समाजिक उद्यमी विक्रान्त पाण्डे (Fightback Nepal) र उजाय शाक्य (Outreach Nepal का संस्थापक र Advertising Association of Nepal का उपाध्यक्ष) सामेल थिए । यी वक्ताहरूले नेतृत्व, सामाजिक सेवा, विज्ञान र सञ्चारका विषयमा उदाहरणीय विचारहरू प्रस्तुत गरेका छन् ।

    कार्यक्रमको अन्त्यमा प्रिमियरकी संस्थापक निर्देशक पवित्र लिम्बूले धन्यवाद ज्ञापन गर्दै भनिन्: “TEDx जस्ता प्लेटफर्महरूले विद्यार्थीहरूलाई नयाँ विचार पत्ता लगाउन, ती विचार साझा गर्न र कक्षाकोठाभन्दा बाहिरको जीवनका लागि तयार हुन मद्दत गर्छ। आजको कार्यक्रम एउटा बौद्धिक र भावनात्मक यात्रा थियो - र हामी खुशी छौं कि यसले विद्यार्थीहरूलाई अग्रगामी सोचका साथ अगाडि बढ्न प्रेरित गर्‍यो।”

    TED र प्रिमियर दुबैले साझा गर्ने मूल्य - सृजनशीलता, नवप्रवर्तन र ग्लोबल नागरिकता - यस मञ्चबाट स्पष्ट भए। प्रिमियरले फेरि एकपटक प्रमाणित गर्‍यो कि जब विद्यार्थीहरूले विचार बाड्ने मौका पाउँछन् तब साँच्चै “Greatness Begins Here.”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend