२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गभर्नर पौडेल: ब्याजदर घटेको, तरलता प्रशस्त-अब निजी क्षेत्रले उत्पादन र रोजगारी बढाउनुपर्छ


सञ्चार डबली
  • शनिबार, कात्तिक २२ २०८२
  • 5.7K
    SHARES

  • images
    गभर्नर पौडेल: ब्याजदर घटेको, तरलता प्रशस्त-अब निजी क्षेत्रले उत्पादन र रोजगारी बढाउनुपर्छ

    काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ब्याजदर घटेको, तरलता प्रशस्त रहेको र विदेशी विनिमय सञ्चिति पर्याप्त भएकाले अब उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य रहेको बताएका छन्।

    नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले भने, “ब्याजदर कम छ, तरलता उच्च छ। राष्ट्र बैंकमा ८ खर्बभन्दा बढी, विदेशी विनिमय २२ खर्बभन्दा बढी छ। अब निजी क्षेत्रले उत्पादन र रोजगारी सिर्जना गर्न सहयोग गर्नुपर्छ।”

    गभर्नर पौडेलले अर्थतन्त्रमा मनोबलको भूमिका महत्वपूर्ण हुने बताउँदै ‘सेल्फ फुल्फिलिङ प्रोफेसी’ को उदाहरण दिए। “सेयर बजार घट्छ भनेर सबैले सोच्यो भने घट्छ, बढ्छ भनेर सोच्यो भने बढ्छ।”

    उनका अनुसार अर्थतन्त्र विस्तारको प्रमुख चालक सरकारी खर्च भएकाले सरकारले खर्च बढाउनुपर्ने र निजी क्षेत्रले पनि आफ्नो गतिमा अगाडि बढ्नुपर्ने आवश्यकता छ।

    पौडेलले ब्याजदर करिडोरको तल्लो सीमा कायम राख्नका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ खर्च गरेको बताए। उनले बैंकिङ प्रणालीमा ‘एभरग्रिनिङ’ समस्या अझै रहेको उल्लेख गर्दै भने, “पुराना ऋणीले ब्याज तिर्न कर्जा लिन्छन् भने नयाँ नवप्रवर्तनकारी व्यवसायीलाई कर्जा पाउन गाह्रो हुन्छ।”

    उनका अनुसार अहिले करिब डेढ लाख व्यक्ति कालोसूचीमा परेकाले कर्जाको माग घटेको छ। “व्यवसायी नै कालोसूचीमा परेपछि कर्जाको माग नहुने अवस्था बनेको छ,” उनले स्पष्ट पारे।

    ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ भन्ने नारासहित महासंघले दोस्रो पटक आर्थिक बहस आयोजना गरेको हो। पहिलो बहस कोभिड–१९ महामारीपछि उच्चस्तरीय आर्थिक सुधार आयोग गठनको मागसहित सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend