२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटीले दिए राजीनामा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २१ २०८२
  • 5.8K
    SHARES

  • अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटीले दिए राजीनामा

    काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् । स्वास्थ्यको कारण देखाउँदै डा. बाराकोटीले शुक्रबार स्वास्थ्य मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    अतिरिक्त सचिव समेत रहेका डा। बाराकोटीको सरकारी सेवाको अवधि अझै दुई वर्ष बाँकी नै थियो । राजीनामाबारे जिज्ञासा गर्दा उनले स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको खुलाए । उनी केही समय अगाडि बिरामी परेका थिए । आईसीयूमै राखेर उनको उपचार गरिएको थियो ।

    ‘मलाई स्वास्थ्य झन् झन् बिग्रँदै गयो । परिवारबाट टाढा रहेर काठमाडौंमा एक्लै डेरा गरेर बस्नुपर्‍यो,’ डा. बाराकोटीले  भने, ‘ काम गर्न नसक्ने भएपछि जिम्मेवारीपूर्ण पदमात्रै ओटकेर बस्न नहुने मानसिकताको साथ राजीनामा दिएको हुँ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend