२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

जीवन बीमा कम्पनीहरुद्वारा ३ महिनामा ४९ अर्ब २२ करोड बीमा शुल्क संकलन, अग्रस्थानमा नेपाल लाइफ


सञ्चार डबली
  • बिहीबार , कात्तिक २० २०८२
  • 4.6K
    SHARES

  • images
    जीवन बीमा कम्पनीहरुद्वारा ३ महिनामा ४९ अर्ब २२ करोड बीमा शुल्क संकलन, अग्रस्थानमा नेपाल लाइफ

    काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब माथि कुल बीमा शुल्क संकलन गरेका छन् ।

    नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांककअनुसार बीमा कम्पनीहरुले विभिन्न बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

    यस आर्थक वर्षको पहिलो तीन महिनामा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो। 

    यस्तै, नेशनल लाइफ ले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, एलआइसी नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    समीक्षा अवधिमा सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

    मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यसै गरी आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

    बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend