२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेशनल लाइफको सिइओ क्लब सम्मान कार्यक्रम, गण्डकी प्रदेशका २२० जना अभिकर्ता सम्मानित


सञ्चार डबली
  • आइतबार, कात्तिक १६ २०८२
  • 3.3K
    SHARES

  • नेशनल लाइफको सिइओ क्लब सम्मान कार्यक्रम, गण्डकी प्रदेशका २२० जना अभिकर्ता सम्मानित

    पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रण्टमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको अध्यक्षमा सम्पन्न कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरेर गरिएको थियो ।

    कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा निर्धारित बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट छनोट भएका २२० जना अभिकर्ता, विभागीय तथा प्रदेश प्रमुखहरू र शाखा प्रमुखहरूको उपस्थितिमा सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

    उक्त कार्यक्रममा सिइओ खत्रीले गण्डकी प्रदेशका सिइओ क्लब सदस्यहरूलाई सदस्यता वितरण गर्दै पुरस्कृत गरेका थिए। साथै, आफ्नो कोड तथा सञ्जालमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

    नेशनल रत्न तथा नेशनल स्टार उपाधि प्राप्त अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र तथा खादा प्रदान गरिएको थियो।

    प्रमुख कार्यकारी अधिकृत खत्रीले सिइओ क्लब तथा नेशनल अवार्ड कार्यक्रम अन्तर्गत प्रदेशस्तरीय सम्मान कार्यक्रम निरन्तर अन्य प्रदेशहरूमा पनि गरिने जानकारी दिए। साथै, अभिकर्ता मैत्री स्किमअन्तर्गत सुरु गरिएको सिइओ क्लब योजनामा देशभरबाट १,६०० भन्दा बढी अभिकर्ता छनोट भएको र योजना अत्यन्त सफल भएको बताए।

    कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा सफलताको लागि आवश्यक सीप, आत्मविश्वास र नेटवर्किङ कौशलबारे प्रशिक्षण दिएका थिए।

    सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्राप्त गर्न पाउँदा व्यवसायलाई अझ पेशागत बनाउँदै अगाडि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

    सम्मान ग्रहण गरेका अभिकर्ताहरूले आफ्नो मेहनत र समर्पणको उच्च कदर भएको भन्दै गर्व महसुस भएको व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend