२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

दुई महिनामा भित्रियो ३ खर्ब ५२ अर्बभन्दा बढी रेमिट्यान्स


सञ्चार डबली
  • मंगलबार, असोज २८ २०८२
  • 5.2K
    SHARES

  • दुई महिनामा भित्रियो ३ खर्ब ५२ अर्बभन्दा बढी रेमिट्यान्स

    काठमाडौं ।  चालु आर्थिक वर्षको भदौमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशत बढेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएकाले रेमिट्यान्स आप्रवाह उच्च दरमा बढेको हो । आर्थिक वर्ष २०८२\८३ को दुई महिनामा रेमिट्यान्स आप्रवाह ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले धेरै हो ।

    चालु आर्थिक वर्षको साउनमा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा भदौ महिनामा एक खर्ब ७४ अर्ब ६७ करोडले बढेर साढे ३ खर्ब पुगेको छ । सामान्यत विदेशमा रहेका नेपालीले डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएको अवस्थामा रेमिट्यान्स पठाउँदा उनीहरूलाई मूल्य वृद्धिको लाभ हुन्छ ।

    चालु आर्थिक वर्षको दोस्रो महिनासम्ममा नेपाल भित्रिएको अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । 

    चालु आर्थिक वर्षको भदौसम्ममा खुद द्वितीय आय ३ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ८७ अर्ब ७६ करोड रहेको थियो ।

    चालु आर्थिक वर्षको भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९० हजार १ सय ९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८ सय ८४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७६ हजार ४ सय ८५ र ४० हजार ५ सय ८३ रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend