२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एशियन लाइफको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?


सञ्चार डबली
  • बुधबार, असोज २२ २०८२
  • 5.3K
    SHARES

  • images
    एशियन लाइफको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

    काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत भदौ २२ गतेदेखि असोज ५ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता कित्ता सेयर असोज २० गते बाँडफाँड भएको हो ।  

    निष्कासनकर्ता कम्पनी मुक्तिनाथ क्यापिटलले बिक्री खुला गरिएको अवधिभित्र प्राप्त भएको गोप्य शिलबन्दीपत्रहरुको प्रशोधन गरी बाँडफाँड गरेको जनाएको छ । संस्थापक समूहको(लकइनमा रहेको)कटअफ मूल्य १०५.५० र सर्वसाधारण समूहको कटअफ मूल्य ४२२.५० रुपैयाँ रहेको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

    आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी असोज २२ गतेबाट हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend