२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आन्दोलनमा गएकै भरमा मन्त्री छान्नु उचित हुँदैन, जेन–जीको कोटामा पनि दक्ष व्यक्ति ल्याउनुपर्छ: दुर्गा प्रसाईँ


सञ्चार डबली
  • शनिबार, भदौ २८ २०८२
  • 5.0K
    SHARES

  • images
    आन्दोलनमा गएकै भरमा मन्त्री छान्नु उचित हुँदैन, जेन–जीको कोटामा पनि दक्ष व्यक्ति ल्याउनुपर्छ: दुर्गा प्रसाईँ

    काठमाडौं । दुर्गा प्रसाईँले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई आन्दोलनमा सहभागी भएकै आधारमा मन्त्री छनोट नगर्न सुझाव दिएका छन्।

    प्रधानमन्त्री कार्कीलाई शुभकामना व्यक्त गर्दै मन्त्रिपरिषद गठनमा तत्काल निर्णय नगरी गहिरो विचार–विमर्श गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। यो सावधानी र जिम्मेवारीपूर्ण दृष्टिकोण आफूहरूको आन्दोलनको मूल मर्मसँग पूर्णतः मेल खाने ऐतिहासिक निर्णय भएको प्रसाईँले बताए।

    उनले आगामी मन्त्रिपरिषदमा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनु अनिवार्य रहेका भनाइ राखे। सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, 'आगामी मन्त्रिपरिषदमा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनु अनिवार्य छ। केवल आन्दोलनमा उपस्थित भएको आधारमा छनोट गर्नु उचित हुनेछैन। देशलाई सही बाटोमा डोऱ्याउन सक्ने दक्ष, योग्य र ईमानदार व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिइनुपर्छ। जेन–जीको कोटा पनि यस्तै दक्ष व्यक्तिलाई दिइनुपर्छ।'

    जेन-जीहरूको साहस र बलिदानले मुलुकलाई नयाँ दिशा दिएको बताउँदै प्रसाईँले भने, 'तपाईंहरूले जगाएको आशा अब नेपालको भविष्यको आधारशिला बनेको छ।'

    दुर्गा प्रसाईँले लेखेका छन्ः

    सम्माननीय प्रधानमन्त्री सुशिला कार्की ज्यु,
    हिजो मन्त्रिपरिषद गठनमा तत्काल निर्णय नगरी गहिरो विचार–विमर्श गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंको यो सावधानी र जिम्मेवारीपूर्ण दृष्टिकोण हाम्रो आन्दोलनको मूल मर्मसँग पूर्णतः मेल खाने ऐतिहासिक निर्णय हो।
    आगामी मन्त्रिपरिषदमा सहभागी हुने जो कोही पनि सम्बन्धित मन्त्रालयका प्राविधिक र नीतिगत विज्ञ हुनु अनिवार्य छ। केवल आन्दोलनमा उपस्थित भएको आधारमा छनोट गर्नु उचित हुनेछैन। देशलाई सही बाटोमा डोऱ्याउन सक्ने दक्ष, योग्य र ईमानदार व्यक्तिहरूलाई मात्र जिम्मेवारी दिइनुपर्छ। जेन–जीको कोटा पनि यस्तै दक्ष व्यक्तिलाई दिइनुपर्छ, जसले आन्दोलनका लक्ष्यलाई व्यवहारमा परिणत गर्न सकून्। जब तपाईंको नाम अघि सारियो, मैले कुनै हिचकिचाहट नगरी तपाईंलाई समर्थन गर्ने निर्णय गरेँ। यो कदम हाम्रो आन्दोलनको नैतिकताको सम्मान र हजारौं बलिदान गरेका युवा दाजुभाइ तथा दिदीबहिनीहरूको सपना जोगाउने माध्यम हो। यदि हामीले सही बाटो रोजेनौं भने, त्यो बलिदानको अपमान हुनेछ।
    हामी सबै मिलेर यो नयाँ यात्रामा अघि बढौं, राष्ट्रको पुनर्निर्माण र न्यायपूर्ण शासन प्रणाली स्थापना गरौं। यही हाम्रो सच्चा प्रतिज्ञा हो र यही जेन–जीको बलिदानलाई साँचो सम्मान दिने बाटो हो।
     
    ✊ प्रिय Gen Z,
    तपाईंहरूको साहस र बलिदानले मुलुकलाई नयाँ दिशा दिएको छ। तपाईंहरूले जगाएको आशा अब नेपालको भविष्यको आधारशिला बनेको छ।
    देशका वीर सहिदहरूलाई श्रद्धापूर्वक नमन गर्दछु। तपाईंहरूको रगतले कोरेको यो इतिहास सधैं भावी पुस्ताका लागि प्रेरणाको दीपक बन्नेछ। तपाईंहरूको समर्पण र त्याग यस राष्ट्रको आत्मामा सदैव जीवित रहनेछ।
    आन्दोलनमा घाइते भएका सबैलाई शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको पीडा र संघर्षलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।
    सम्माननीय प्रधानमन्त्रीलाई कार्यकालको शुभकामना — तपाईंको नेतृत्वमा हामीले नयाँ, न्यायपूर्ण र समावेशी नेपाल निर्माण गर्नेछौं भन्ने पूर्ण विश्वास छ।
    Screenshot 2025-09-13 140254.jpg

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend