२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बिमा दाबीलाई सहज बनाउन प्राधिकरणको निर्देशन


सञ्चार डबली
  • शुक्रबार, भदौ २७ २०८२
  • 6.0K
    SHARES

  • बिमा दाबीलाई सहज बनाउन प्राधिकरणको निर्देशन

    काठमाडौँ । नेपाल बिमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बिमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

    असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको र बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहतालाई मध्यनजर गर्दै बिमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बिमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।

    असहज अवस्थाका कारण भएको क्षतिको बिमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउनसमेत प्राधिकरणले आग्रह गरेको छ ।

    यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठुलो जनधनको क्षति भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend