२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बीमा कम्पनीको कार्यालयहरू काठमाडौं उपत्यकामा आजबाट खुल्ने


सञ्चार डबली
  • बिहीबार , भदौ २६ २०८२
  • 6.7K
    SHARES

  • images
    बीमा कम्पनीको कार्यालयहरू काठमाडौं उपत्यकामा आजबाट खुल्ने


    काठमाडौं । आजबाट बीमा कम्पनीको कार्यालयहरू काठमाडौं उपत्यकामा खुल्ने भएको छ । नेपाली सेनाले अत्यावश्यक सेवाका लागि आवागमनमा सहजीकरण गरेपछि बिहीबारदेखि बीमा कम्पनी र बैंकका कार्यालयहरू खुल्ने भएको छ।

    सेनाले शुक्रबारसम्मका लागि जारी गरेको निषेधाज्ञा र कर्फ्यु आदेशमा काठमाडौं उपत्यकामा बिहान ६ देखि १० बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्मका लागि अत्यावश्यक सेवा प्रदान गर्न आवागन खुल्ला गरिएको छ।

    बीमा कम्पनीका कर्मचारीहरूले आफ्नो तस्वीर सहितको परिचय पत्र वा तस्वीर सहितको अन्य कुनै आधिकारिक पत्र(नियुक्ति पत्र, कार्यालयले जारी गरेको आधिकारिक पत्र) को आधारमा कार्यालय आउजाउ गर्न सक्नेछन्।

    सेनाले काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूमा स्थानीय सुरक्षा समितिले आवश्यकता अनुसार निर्णय गरेर शान्ति सुरक्षाको व्यवस्था मिलाउन अनुरोध गरेकाले बाहिरका जिल्लाहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गर्ने आदेश बमोजिम हुनेछ।

    जेन जी को आन्दोलनमा सुरक्षाकर्मीले अन्धाधुन्द गोली चलाउँदा सोमबार १९ जनाको दुःख निधन भएपछि मंगलबार र बुधबार काठमाडौं उपत्यकाभित्र सम्पूर्ण बीमा कम्पनीको कार्यालयहरू बन्द रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend