डा शेरबहादुर पुन
शनिबार, असार २३, २०८०
नेपालमा पहिलो पटक एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ। हुनत यो भाइरस अफ्रिकी महादेशमा दशकौं अगाडि नै देखिरहेको हो। तर यसको विशेष चर्चा भने सन् २०२२ मा युरोपमा फैलन थालेपछि भएको हो।
गत वर्ष विश्व स्वास्थ संगठनले विश्वभरी ७५ देशबाट १६ हजर जनामा यो भाइरस पुष्टि भएपछी मंकीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकालु घोषणा गरेको थियो। हाल मंकीपक्सलाई एमपक्सुको नामले सम्बोधन गरिने गरिएको छ। गत वर्ष भारतमा एमपक्सु समुदाय स्तरमा देखिएसंगै लेखकले नेपालमा पनि ढिलो र चाँडो देखिन सक्ने आँकलन गरेको थियो।
तर अफ्रिकी महादेश बाहिर देखिएको एमपक्सु कम घातक मानिएको छ। यद्यपि कम्तिमा पनि ११२ जनाको ज्यान यो भाइरसको कारणले गएको विश्व स्वास्थ संगठनले जनाएको छ। सङ्क्रमितहरू मध्य सबैभन्दा बढीमा शरीरको विशेषत गुप्ताङ्ग र गुद्वारमा घाउरपानी फोकाहरू देखिएको प्रतिष्ठित मेडिकल जर्नल न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनु मा प्रकाशित अनुसन्धानले देखाएको छ।
ज्वरो, ग्रन्थी सुन्निने, आलस्य हुने ,जिउ दुख्ने आदि एमपक्सु संक्रमितमा देखिने थप लक्षणहरु हुन् । नेपालमा घाउ र पानी फोकाहरू देखिएर सामान्यतया चिकित्सककोमा जाने प्रचलन खासै छैन। तसर्थ एमपक्सु समुदाय स्तरमा फैलिएको यकिन तथ्यांक भने आउने सम्भावना कम देखिन्छ। तर पनि यो कसरी सर्छ भन्ने जानकारी भए भए थप फैलनबाट रोक्न भने धेरै मद्दत मिल्ने छ।
सर्ने तरिकारमध्यमहरु :
१. लामो समय आमने सामने कुराकानी गर्दा (जस्तै, मुखको छिटाबाट)।
२. यौन र गुद्वार सम्पर्कबाट।
३. संक्रमितले प्रयोग गरेका सर(समानबाट (जस्तै कपडा, सिरिन्ज आदि)।
४. संक्रमितको घाउरफोकाको तरल पदार्थबाट।
संक्रमण भएको १ देखि २१ दिन सम्ममा एमपक्सु को लक्षणहरु देखिने गर्दछ। र २ देखि ४ हप्तासम्ममा अधिकांश संक्रमितले स्वास्थ लाभ गरिसक्ने छन्।

