२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न


सञ्चार डबली
  • बिहीबार , भदौ १९ २०८२
  • 5.8K
    SHARES

  • images
    प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ। देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम भाद्र १६ गतेबाट भाद्र १९ गतेसम्म ४ दिन पोखरामा सञ्चालन भएको हो ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य श्री समशेर पराजुलीज्यूले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यान क्लव, सिइयो क्लव, कर्पोेरेट क्लव हासिल गर्नु भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य श्री समशेर पराजुलीज्यूले बीमा व्यवसायमा अब्बल रहि विभिन्न क्लवहरुमा सम्मानित हुनु भएका उत्कृष्ट अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईज्यूले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिनुभयो । Press_Release_Club_Achiever_Award_Prabhu_Mahalaxmi_Life_Rabindra_Appreciation.jpg

    सोही कार्यक्रमको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता श्री रविन्द्र ढाँटज्यूलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो । सम्मानीत भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै श्री रविन्द्र ढाँटज्यूले आफ्नो संघर्ष र सफलताको कथा शेयर गर्नुभयो । उहाँले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने बताउनु भयो ।

    कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच श्री मिन घलेज्यूको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो । यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend