२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित


सञ्चार डबली
  • मंगलबार, भदौ १७ २०८२
  • 5.6K
    SHARES

  • images
    प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित

    काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित हुनु भएको छ । छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका छन ।

    बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उनले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको नेतृत्वमा आर्थिक वर्ष २०८१/८२ मा गर्विलो व्यवसाय बृद्धि गरी नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहेको थिए ।

    सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित गरेका हुन ।

    एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा सम्मान प्रदान गरिदै आएको छ । नेपाल लगायत एसियाका विभिन्न देशका आफ्नो पेशा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend