२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

गायिका फुटी शेर्पालाई “राष्ट्रिय युवा प्रतिभा सम्मान”


सञ्चार डबली
  • सोमबार, भदौ १६ २०८२
  • 16.0K
    SHARES

  • गायिका फुटी शेर्पालाई “राष्ट्रिय युवा प्रतिभा सम्मान”

    काठमाडौ । लोकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ ले सम्मानित भएकी छिन् ।काठमाडौको प्रज्ञाप्रतिष्ठानमा शनिबार सम्पन्न बरिष्ठ गीतकार बुद्धवीर लामा विशेष एकल साँझ “बुद्धवीर लामा गीतिमय सांगीतिक साँझ” को शुभ अवसरमा प्रयास मञ्च नेपालले इलामको माईजोगमाइ गाउपालिकाका फुटी शेर्पालाई प्रभावशाली प्रतिभाको रुपमा छनौट गरि पुरस्कारबाट सम्मान गरिएको थियोे ।

    शेर्पाले नेपालमा मात्र नभई छिमेकी राष्ट्र भारतको सिलिगुडीमा सम्पन्न इन्टरनेशनल हिमालयन ईथिनिक सिङगिङ च्याम्पियनसिपमा पनि नेपालको प्रतिनिधित्व गरेर द्वितीय हुन सफल भएकी थिइन । फुटी शेर्पा विशेषगरी हिमाली क्षेत्रको बाजाहरुको रानीको रुपमा लिईने टुङ्ना बादनले आफुलाई कला साँस्कृतिक क्षेत्रमा प्रमाणित गर्दै आएको देखिन्छ । महत्त्वपूर्ण पुरस्कार प्रदान गरेकोमा फुटीले आयोजक समुह प्रति कृतज्ञता प्रकट गरेकी छिन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend