२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बीमा सेवामा डिजिटल पहुँच विस्तार गर्न ट्रष्ट माइक्रो इन्स्योरेन्स र सेल पेबीच सहकार्य


सञ्चार डबली
  • आइतबार, भदौ १५ २०८२
  • 6.0K
    SHARES

  • बीमा सेवामा डिजिटल पहुँच विस्तार गर्न ट्रष्ट माइक्रो इन्स्योरेन्स र सेल पेबीच सहकार्य

    काठमाडौं ।  ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र सेल पे प्रालिबीच ग्राहकहरुलाई डिजिटल प्रविधि मार्फत बीमा सेवा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीपत्रमा ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका उप प्रमुख कार्यकारी अधिकृत विश्वोजन थापा श्रेष्ठ र सेल पे प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज कुमार शुक्लाले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार ग्राहकहरूलाई आफ्ना आवश्यकता अनुरूप बीमाशुल्क सम्बन्धी सम्पुर्ण जानकारी अनलाइन मार्फत सेल पे ले उपलब्ध गराउनेछ ।

    सेल पे मार्फत विस्तृत बीमाशुल्कको जानकारी प्राप्त भइ सकेपछि ग्राहकहरुले सेल पे बाट बीमा पोलिसीको लागि अनुरोध गर्न सक्नेछन् र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ग्राहकहरुको अनुरोध बमोजिम बीमा सेवा उपलब्ध गराउने छ । यसरी ग्राहकहरुले अनलाइनबाट नै बीमाको सेवा प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend