२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

शिखर इन्स्यारेन्सबाट नयाँ स्वास्थ्य बिमा ‘शिखर स्वास्थ्य सुरक्षा’को आरम्भ, केके छन् विशेषता ?


सञ्चार डबली
  • बिहीबार , भदौ ५ २०८२
  • 4.9K
    SHARES

  • शिखर इन्स्यारेन्सबाट नयाँ स्वास्थ्य बिमा ‘शिखर स्वास्थ्य सुरक्षा’को आरम्भ, केके छन् विशेषता ?

    काठमाडौं । शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बिमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’को सुरुवात भएको छ । भदौ २ गते मेडिसिटी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बिमाको औपचारिक शुभारम्भ गरिएको हो । व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूको बिमा गर्न मिल्ने यस स्वास्थ्य बिमा योजनामा २० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गर्न सकिनेछ ।

    हाल नेपालको स्वास्थ्य बिमाको क्षेत्रमा सीमित रकमसम्मको मात्र बिमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाख रुपैयाँसम्मको बिमा गर्न सकिने भएकोले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रूपमा रहन जाने हाम्रो विश्वास रहेको छ । 

    यस स्वास्थ्य बिमामा शिखर इन्स्योरेन्ससँग आवद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालहरूमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बिमा कं रकमको १० प्रतिशत रकम (अधिकतम रु.१ लाखसम्म) को बहिरंग उपचारको समेत बिमा दाबी प्राप्त गर्न सकिनेछ ।

    नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बिमा को रकम बराबरसम्मको उपचारको लागि बिमितले अस्पतालमा बिल भुक्तानी गर्नु पर्ने छैन, शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बिमा दाबी भुक्तानी गरिनेछ । 

    नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बिमितले झन्झटरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछ । 

    शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिन सम्मको प्री हस्पिटलाइजेसन र ६० दिन सम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बिमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचार अन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बिमा सुरक्षण प्राप्त हुन्छ । साथै, भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बिमा सुरक्षण प्राप्त गर्न सकिन्छ ।  

    यसका साथै शिखर स्वास्थ्य सुरक्षा बिमाअन्तर्गत दाबी नपरेको अवस्थामा बिमालेख नविकरण गर्दा नो क्लेम बोनस समेत प्राप्त हुने भएकोले दिर्घकालिन रूपमै यस बिमा योजनाबाट बिमितहरूले लाभ प्राप्त गर्न सकिन्छ । यस बिमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरीकहरूले समेत प्राप्त गर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend