काठमाडौं, ३० साउन । आर्थिक वर्ष २०८१/८२ को चौथोे त्रैमासम्मको वित्तीय विवरण यूनाइटेड कम्पनीले सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको नाफा र कुलबीमा शुल्क घटेको छ ।
२ अर्ब ३१ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा १० करोड ६ लाख अन्य इक्विटीमा ६० करोड ६१ लाख रुपैयाँ रहेको छ । महाविपत्ति कोषमा ४ करोड ५१ लाख, स्पेसल रिर्जभमा १ अर्ब २ रहेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९ करोड ४१ लाख रहेको थियो । अन्य इक्विटीमा ७० करोड ७८ लाख रहेको थियो । महाविपत्ति कोषमा ३ करोड ९७ लाख रहेको थियो । स्पेसल रिर्जभमा ९१ करोड २९ लाख रहेको थियो ।
समीक्षा वर्षमा कम्पनीले २ अर्ब ८२ करोड कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य घटेको हो ।
यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ६५ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले समीक्षा वर्षमा १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.३३ प्रतिशतले बढेको हो ।
वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ८४ लाख नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।
समीक्षा वर्षमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ६१ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ ७६ पैसा रहेको छ ।



