२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु


सञ्चार डबली
  • सोमबार, साउन २६ २०८२
  • 8.3K
    SHARES

  • images
    धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु


    काठमाडौं । धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बीमा सेवा सुरुआत गर्ने भएको छ । यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो । केन्द्रले प्रेषण केन्द्र (रेफरल)का लागि सहज हुने उद्देश्यले अस्पतालको भवनमा नै ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ को सेवा दिने निर्णयसहित सेवा सुरु गरेको हो । सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुबाट सेवा दिने नीतिअनुसार धुलिखेल अस्पतालमा उपलब्ध हुँदै आएको प्रथम सेवा विन्दुको सुविधा यही साउन १ गतेदेखि रेफरल सेन्टरको रुपमा मात्रै काम गरिरहेको छ ।

    नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित रिफरल सेवा सुरु गरिएको जनाएको छ । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार धुलिखेल अस्पतालसँगको साझेदारीमा सेवा सुरु गरिएकाले जनशक्ति अभाव भएका बेला चिकित्सकलगायत भौतिक पूर्वाधारमा पनि दुवै संस्थाले सघाउने सहमति भएको छ । “प्राथमिक स्वास्थ्य केन्द्रमा भौतिक पूर्वाधार र जनशक्ति अभावले धुलिखेल अस्पतालबाट सेवा दिन लागिएको हो, यसका लागि सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ”, ब्याञ्जूले भने । केन्द्रको स्वास्थ्य बीमाको विस्तारित सेवा प्रदान गर्न धुलिखेल अस्पताल परिसरभित्रै व्यवस्थापन गरिएको र त्यहाँबाट उपलव्ध नहुने सेवाको लागि रिफरल गरिने जनाइएको छ ।

    अस्पतालको सेतो भवन नजिकैको कक्षबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट हुने स्वास्थ्य बिमासँग सम्बन्धित स्वास्थ्य परीक्षण तथा औषधि उपचारलगायतका सेवा प्रदान गरिने जनाइएको छ । सरकारको पछिल्लो नीतिका कारण स्वास्थ्य बिमा कार्यक्रममा धुलिखेल अस्पतालबाट प्रथम सेवा विन्दुको सेवा लिइरहेका करिब दुई लाख ५३ हजार ६ सय सेवाग्राहीको उपचार प्रभावित हुँदै आएको छ ।

    विसं २०७६ मङ्सिर १ गतेदेखि प्रथम सेवा विन्दुको रुपमा सुचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका छन् । यसअघि सेवा दिन आलटाल गर्दै आएका धुलिखेल र पाँचखालले पूर्वाधार र जनशक्तिको कारण देखाउँदै अझै सेवा दिन नसकिने भन्दै सूचना नै जारी गरेका थिए । धुलिखेल प्रास्वाकेले भने आजबाट धुलिखेल अस्पताल परिसरबाटै सेवा सुरु गर्न थालेको हो ।

    जिल्लास्थित राजनीतिक दल, नगर तथा प्रास्वाके धुलिखेल व्यवस्थापन समितिलगायतले धुलिखेल अस्पताललाई नै प्रथम सेवा विन्दु कायम गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा धुलिखेल अस्पताल प्रथम सेवाविन्दु कायम नभएसम्म प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेलमा भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था मिलाइ प्रथम सेवा विन्दुबाट दिने सेवा सञ्चालन गर्नको लागि निर्देशन दिन, धुलिखेलमा रहेको १५ शय्याको प्रादेशिक अस्पताल सञ्चालनमा ल्याई धुलिखेल नगरमा रहेको सम्पूर्ण स्वास्थ्य चौकिको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण एवं जनशक्तिको व्यवस्था गरी गुणस्तरीय सेवा प्रवाहको लागि यथाशीघ्र पहल कदमी गर्न माग गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend