२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबिच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता


सञ्चार डबली
  • शुक्रबार, साउन २३ २०८२
  • 6.6K
    SHARES

  • images
    सानिमा रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबिच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता

    शुक्रवार, साउन २३ २०८२

    चितवन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स  र नारायणी सामुदायिक हस्पिटल प्रालि चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे  र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सानिमा रिलायन्स लाईफ इन्स्योरेन्ससँग आवद्ध, विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १० प्रतिशतसम्म सहुलियतको व्यवस्थासहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिइन् ।

    इन्स्योरेन्स कम्पनी सग सहकार्य गरि स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुशी रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताए । सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधिसम्म कामय हुनेछ ।

    क्षेत्र प्रबन्धकको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुवर , म्यानेजर  अरुण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदिप पराजुलीको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend