२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय अभिकर्ता सम्मेलन भव्य रूपमा सम्पन्न


सञ्चार डबली
  • बिहीबार , साउन २२ २०८२
  • 6.8K
    SHARES

  • images
    नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय अभिकर्ता सम्मेलन भव्य रूपमा सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय अभिकर्ता सम्मेलन “लायन वर्षः लिड, रोअर, रिपिट” नाराका साथ राजधानीको सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

    साउन १६ देखि १८ गतेसम्म सञ्चालन भएको यस विशेष सम्मेलनमा देशभरिका उत्कृष्ट ४ सय ४० एजेन्सी तथा एजेन्सी मेनेजरहरू, कम्पनीका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति थियो।

    कार्यक्रमको उद्घाटन कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए । 

    उद्घाटन समारोहमा बोल्दै संचालक अग्रवालले आर्थिक वर्ष २०८१/ ८२ मा कम्पनीले ऐतिहासिक रूपमा प्रथम बीमा शुल्कमा १० अर्ब रुपैयाँ पार गरेको जानकारी दिँदै सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई धन्यवाद दिए । 

    संचालक विमल ढकालले कठिन परिस्थितिका बीच पनि असाधारण प्रदर्शन गर्ने अभिकर्ता टोलीप्रति कृतज्ञता व्यक्त गरे । 

    कम्पनीका सीईओ पराजुलीले सम्मानित अभिकर्ताहरुलाई बधाई दिँदै आगामी आर्थिक वर्ष २०८२/ ८३ का व्यापारिक लक्ष्यहरू प्राप्त गर्न सुरुदेखि नै पूर्ण समर्पणका साथ क्रियाशील हुन आग्रह गरे ।  उनले सम्मेलनमा सेल्स रणनीति र कम्पनीको भावी योजना पनि प्रस्तुत गरेका थिए ।

    नेसनल सेल्स हेड उमापति पोखरेलले कम्पनीको संरचनागत सुधारहरूले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको र व्यवसाय विस्तारमा सहजीकरण भएको उल्लेख गर्दै सबै सहयोगी अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद दिए । 

    पेशागत बीमा अभिकर्ता संघ नेपाल–बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आवको लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै हालको अभिकर्ता टोली सक्षम रहेको र कम्पनीले राखेको आगामी लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताए । 

    महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता देशकै सक्षम र अब्बल भएको उल्लेख गर्दै सिकिएको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न तयार रहेको धारणा राखे । 

    कार्यक्रममा एजेन्सी मेनेजरतर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट ३२९ अभिकर्तालाई सम्मान गरिएको थियो। त्यसैगरी ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक, तथा २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो।

    उत्कृष्ट एजेन्सी मेनेजरतर्फ नेपाल प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्माले प्राप्त गरे भने व्यक्तिगत कोडतर्फ नेपाल प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः सुमित्रा भट्ट, अर्बिन राजबंशी र आयुष कुँवरले हासिल गरी नगद पुरस्कारसहित सम्मानित भएका थिए।

    तीन दिनसम्म चलेको यो भव्य सम्मेलनमा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति समेत रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend