२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

जगदम्बा मोटर्सद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा १४ देखि १९ सिट क्षमताका व्यावसायिक इभि गाडीहरू सार्वजनिक


सञ्चार डबली
  • बुधबार, साउन २१ २०८२
  • 6.8K
    SHARES

  • images
    जगदम्बा मोटर्सद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पोमा १४ देखि १९ सिट क्षमताका व्यावसायिक इभि गाडीहरू सार्वजनिक

    बुधवार, साउन २१ २०८२
    काठमाडौँ र नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगमा तीव्र वृद्धि भइरहेका बेला, जगदम्बा मोटर्स प्रालिले व्यावसायिक प्रयोजनका लागि १४ देखि १९ सिट क्षमताका बहुपर्यायी इभि गाडिहरू सार्वजनिक गरको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा स्टल नम्बर डि-१६, हल डिमा यी गाडीहरू अवलोकन गर्न सकिनेछ।

    शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले चिनियाँ अटो ब्राण्डहरू फेरीजोन (Farizon), चेरी वान्डा (Chery Wanda) र किङलङ (King Long) का व्यावसायिक इभि गाडीहरू नेपाली बजारमा भित्र्याएको हो। यसले नेपालमा बढ्दो हरित ऊर्जा तथा दिगो यातायातको मागलाई सम्बोधन गर्ने उद्देश्य लिएको कम्पनीको भनाई छ।

    जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवालले भने, ूहामीले व्यावसायिक क्षेत्रमा विविध मोबिलिटी समाधान ल्याएर सवारी चालकहरूका लागि सजिलो र भरपर्दो विकल्प उपलब्ध गराएका छौँ। नेपाल इभि अपनाउने मामिलामा अग्रस्थानमा छ, र व्यावसायिक क्षेत्रमा पनि यसको प्रयोग तीव्र गतिमा बढ्दैछ।ू

    Farizon 19-Seater Van Farizon (Geely अन्तर्गतको ब्राण्ड० द्वारा निर्माण गरिएको १९ सिटर इलेक्ट्रीक भ्यान हो, जसमा ८२.८८ kWh क्षमताको लिथियम ब्याट्री र १७० kWh पावरको उच्च क्षमताको मोटर जडान गरिएको छ। यस गाडीमा प्रिमियम सिटहरू, एसी, हिटर, हिटेड सिटहरू, ३६० डिग्री क्यामेरा, डिस्क ब्रेकहरू सबै पाङ्ग्रामा, र उन्नत सुरक्षा प्याकेज जस्ता विशेषताहरू छन्।

    यो गाडी लामो दूरीका यात्रा तथा इन्टरसिटी ट्रान्सपोर्टका लागि उपयुक्त र सुविधाजनक विकल्प हो। नेपालको बजारमा यसको मूल्य रु. ७६,९०,००० तोकिएको छ। यसमा मोटरको लागि ५ वर्ष वा २ लाख किमी र ब्याट्रीको लागि ४ वर्ष वा ७ लाख किमीको वारेन्टी प्रदान गरिएको छ।

    त्यस्तै, Chery Wanda 14-Seater Microbus चिनियाँ ब्राण्डहरू  CHERY र WANDA को संयुक्त निर्माण हो। यस माइक्रोबसमा ५३.५८ kWh क्षमताको CATL ब्याट्री प्रयोग गरिएको छ, जसले ३०० किलोमिटर (NEDC) सम्मको रेन्ज प्रदान गर्दछ। १८० मिमि ग्राउन्ड क्लियरेन्स भएको यस सवारीसाधनले कठिन भूभागमा समेत सहज यात्रा सुनिश्चित गर्दछ।

    यसको मूल्य रु. ५६,५०,००० निर्धारण गरिएको छ। यसमा ब्याट्रीको लागि ५ वर्ष वा ३ लाख किमी र मोटरको लागि ५ वर्ष वा २ लाख किमी वारेन्टी दिइएको छ।

    यो सवारी दैनिक सहरभित्रको यात्रा तथा कर्मचारी यातायातका लागि उपयुक्त र किफायती विकल्प मानिन्छ। यी सवारीहरू विशेषगरी पर्यटकीय क्षेत्र, कर्मचारी यातायात, इन्टरसिटी सेवा, तथा स्थानीय ट्रान्सपोर्टका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

    कम्पनीले एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि विशेष छुट तथा अन्य सुविधाहरू पनि उपलब्ध गराइने जानकारी दिइएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend