सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।
सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।
सामसङको नयाँ फ्ल्यागशिप, ए सिरिज वा एम सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२५ सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो मल्टी–बाइ अफरले प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ
-वेबसाइट https://www.samsungcampaigns.com मा जाने
-तपाईंको नजिकको रिटेलर छान्ने
-दर्ता गरी २,००० को अग्रिम रकम अनलाइन भुक्तानी गर्ने
-प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्ने
-७ दिनभित्र ओटिपी सहित रिटेलरमा जाने ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य हुनेछ।
साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०५ ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्।


